सुशान्तले निधनको एक दिनअघि कुकुरको हेरविचारका लागि पैसा पठाएको खुलासा

अभिनेता सुशान्त सिंह राजपूतसँग जोडिएको एउटा रोचक तथ्य उनको फार्म हाउसमा काम गर्ने रइसले सार्वजनिक गरेका छन्। 

उनले १४ जुनमा सुशान्तको निधन हुनु एक दिनअअघि उनले कुकुरहरूको रेखदेखका लागि पैसा पठाएको जानकारी दिएका छन्। 

उनले सुशान्तको निधनको खबर आफूले टेलिभिजनबाट थाहा पाउँदा सुरुमा पत्यार नलागेको बताए। 

‘उहाँले एक दिनअघि फार्म हाउसमा रहेको कुकुरको हेरविचारका लागि मेरो खातामा पैसा ट्रान्सफर गर्नु भएको थियो,’ रइसले भने। 

सुशान्तले मुम्बईदेखि ९५ किलोमिटर टाढा लोनावलास्थित पावनामा ह्याङआउट भिल्ला नाम गरेको फार्म हाउस भाडामा लिएका थिए। यो फार्म हाउसका लागि उनी हरेक महिना ३ लाख रुपैयाँ खर्च गर्थे। 

उनले यसका लागि २०२० को अगस्टसम्मको भाडा चुक्ता गरिसकेका थिए। यहाँ उनको तीन वटा कुकुर छ। जसको नाम अमर, अक्बर, एन्थोनी राखिएको छ। 

रइसका अनुसार २०२० को मार्चमा लकडाउन हुनुअघि सुशान्त दुई–तीन महिनाका लागि फार्म हाउसमा आउने कार्यक्रम थियो। तर, उनी आएनन्। रइसले अग्र्यानिक खेतीका लागि सुशान्तले तयारी गरेको पनि बताए। 

उनले स्यामुअल मरान्डा र दीपेश सावन्तले फार्म हाउसमा खेती गर्न आवश्यक सामानको एउटा लिस्ट पठाएको जानकारी दिए।

प्रकाशित मिति: : 2020-09-06 12:35:14

प्रतिकृया दिनुहोस्