कविता:
उहिले गाउँमा छँदा
पिंढिमा
गुन्द्री,सुकुल
जे छ ओछ्याएर
अझ छ भने
गुन्द्री माथि राड़ी,
छैन भने-दरि
हलुङ्गेका बडा-बडा डबकामा
कांक्राका चीरा
नूनखुर्सानी संग
लसुन को पोटी टोक्दै
गोल्भेडाको अचार चाट्दै
स्वाट्ट पारेको-
त्यों घ्याम्पे भैसी को मोही
कोदोको पसीना
तो खुदी को जूसमा
खै कति थियो कुन्नि
अल्कोहल को मात्रा
न पोटली ले भान्थि
न डबकामै लेखिएको हुन्थ्यो
सास्त्रमा उल्लेख गर्ने त झन प्रसंगै भएन
जब पराल का माच तीर
हलुङ्गो हुइन्थ्यो
यूरीनरी ब्लडर सँगै रित्तिएका
सारा यादका चाप हरु
सम्झना का घुस्साम घुस्सि हरु
सपना का थेग्न नसकिंने भार
बाडुल्की को जाम
नसा सँगै केहि पलमैं उत्रिन्थ्यो
अनि सोच्थे-
बिचरो यो घरजिन कतिन्जेल लागि रहोस...
तिम्रो गुड़-बाईले
अल-बिदा ले
मलाई बिर्सिदेऊ
सब्बै मिलाएर
अलिकति जिन्दगी जोड़े र
चाख्न थाले
सहर तीरको
रम, विह्स्की , भोड़का
रेड लेबल र ब्लाक लेबल हरु
त्यसपछि
कती पिइयो
कति पिलाईयो
बेहिसाब
बस! प्यून चै पिईयो!
तर अंह
त्यतिखेर पनि कहिल्यै हेरिएन
अल्कोहलको मात्रा
हेर्ने,फुर्सदै नै भएन
या जरुरतनै ठानिएन
हो!
आजकाल रक्सी छोडेको धेरै काल पछि
अनायस नशा चडेको भान भैरछ
डेली रूटीन बाट
दारु बिदा भाको धेरै भयो
जिन्दगी तङ्ग्रायाउने आसमा
जिबन जिउने रहरमा
र पनि भित्र भित्र
जिउ कामिरहन्छ
मुटु चिसो हुन्छ
पोर्परारै पिउँदा
प्रेमी झै देखिने म
आजभोलि नपिउँदा चै
जँड्या जस्तै देखिन्छु रे..
मेरो फाटेको पर्सको
खल्तिनामा भको
तिम्रो धूमिल तस्बिर लाइ हेरेर
म आँफैलाइ प्रस्न गर्दैछु
साँची,
यो माया प्रेममाचै अल्कोहलको मात्रा
कति प्रतिशत हुन्छ ?
घिम्रे जेठो