शनिबार, १२ जुलाई २०२५

युएईका जहाज बहराइनको आकाश उड्ने

बिएल संवाददाता

बिएल संवाददाता

बहराइन
2020-09-04 17:22:21
News Image
• • •

खाडी राष्ट्र बहराइनले संयुक्त अरब ईमिरेट्स (युएई) का सबै हवाई जहाजलाई आफ्नो हवाई मार्गबाट ओहोर दोहोर गर्न खुला गरेको छ । 

बहराइन समाचार समितिले नागरिक उड्डयन विभागका अधिकारीको भनाई उद्धृत गर्दै युएईको अनुरोधमा यस्तो निर्णय गरिएको जनाएको छ । 

तर यो नियम युएई र इजरायलबीच हुने सिधा उडानमा पनि लागू हुने वा नहुने भन्ने अन्यौल कायमै छ ।

इजरायल र युएईबीच हालै दौत्य सम्बन्ध स्थापना हुनुका साथै दुबै देशबीच सिधा हवाई सेवा शुरु भएको छ । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?