शनिबार, १२ जुलाई २०२५

गुडिरहेको सरकारी गाडीमा टिकटक बनाउने ‘मूर्ख’ चालक यी पो रहेछन्

News Image
• • •

कालिकोट : पहाडतिरको कच्ची सकडमा एक सरकारी गाडी गुडिरहेको हुन्छ । चालक एक्कासी गाडी बाहिर निस्कन्छन् । तर गाडी गुडिरहन्छ । चालक गुडिरहेको गाडीको अगाडि बोनमा चढ्न खोजिरहेका हुन्छन् । गाडी सडकको डिलतिर गइसकेपछि उनी भित्र पस्छन् र आफ्नो सिटमा बसेर नियन्त्रणमा लिन्छन् । अगाडि कसैले भिडियो खिचिरहेको हुन्छ ।  ००१ झ ००९१ नम्बरको सरकारी प्रयोग गरी बनाइएको यो टिकटिक भिडियो अहिले निकै भाइरल भइहरेको छ। भिडियो हेरेर धेरले यो भिडियो बनाउने को होलान् ?  कति मूर्ख काम गरेका ? धन्न दुर्घटना भएन ? जस्ता प्रश्न गरिरहेका छन् । त्यसरी सरकारी गाडीको दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग पनि धेरैको छ । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?