सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा जोडिएको उनको पूर्व मेनेजर दिसा सालियानको निधनको पनि छानवीन हुने भएको छ।
सुशान्तको आत्महत्या प्रकरणको जाँच गरिहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले दिसाको निधनको कारण पनि खोज्ने भएको छ।
उनको निधनलाई पनि पहिले मुम्बई प्रहरीले आत्महत्या भनेको थियो। सुशान्तको निधनको छानवीन गरिरहेको सीबीआईले दिसाको निधनमा शंका उब्जिएपछि बन्टी सजदेहलाई सोधपुछका लागि बिहीबार बोलाएको थियो।
दिसा पहिले बन्टीकै ट्यालेन्ट मेनेजमेन्ट कम्पनी कर्नर–स्टोनमा काम गर्थिन। ८ जुनमा २८ वर्षीय दिसाको रहस्यम तरिकाले मुम्बईको एउटा बिल्डिङबाट हाम्फालेर मरेको खबर आएको थियो।
सीबीआई सुशान्त र दिसाको निधनको कनेक्सन पत्ता लगाउने अभियानमा छ। कर्नाटकामा जन्मिएकी दिसाको टिभी अभिनेता रोहन रायसँग विवाहका लागि कुरा छिनिएको थियो। तर, रोहन अहिले बेपत्ता भएका छन्।
मुम्बई प्रहरीले दिसाले १४ तल्ला माथिबाट हामफालेर आत्महत्या गरेको बताएको थियो। तर, थुप्रै मिडियामा उनको हत्या भएको र हत्यामा आदित्य पञ्चोलीका छोरा सुरज संलग्न रहेको रिपोर्ट बाहिरिएको थियो।
निधनअघि उनको सामूहिक बलात्कार भएको आशंकासमेत गरिएको छ। यस घटनामा सलमान खानका भाई तथा महाराष्ट्रका मुख्यमन्त्रीका छोरा आदित्य ठाकरे पनि संलग्न रहेको आशंका गरिन्छ।