उसलाई सधै जस्तै फोनमा व्यस्त देखेँ। छब्बिस वर्षे ठिटो न हो। विदाको दिन पनि अफिसमा देख्दा अलि फरक महसुस गरेँ। किन तिमी अफिसमा मैले सोधेँ। फोनपछि अफिस कक्षमा आउने जनाऊ दिँदै ढोकाबाट बाहिरियो। मलाई ऊ अफिस आएको मनपर्छ। कामको जिम्मेवारी पूरा गर्न ऊ अब्बल छ।
केही समयपछि ऊ अर्थात् एबी अफिसमा आयो। निराश अनुहार लिएर थचक्क सोफामा बस्यो। मैले किन यतिवेला अफिसमा फेरि सोधे? विदाको दिन भए पनि काम गर्न आएको होइन म। श्रीमतीले घरमा बस्ने ठाउँ छैन भनेर झोला फालिदिइन्।
रिसले आँखा देखिनँ। जाने ठाउँ पनि थिएन त्यसैले राति १० बजे अफिस आएँ। सुतेको नि छैन। उसले सिधा जवाफ दियो। म केही बोलिन्। आमाको फोन आयो भनेर ऊ फेरि बाहिरियो। एबीको घटनाले दुःखित मात्र भइन कारण जान्ने उत्सुकता जग्यो। एकाएक दुई महिनाअघि मात्र एक सहकर्मीले एबीका बारे भनेका विषय मस्तिष्कमा दोहोरिए। ‘तपाईलाई थाहा छ, एबीकी श्रीमतीको अर्को केटा छ। त्यसकेटासँग जाँदा एबीले देखे पनि केही भन्दैनन् रे।’
मलाई विश्वास लागेको थिएन। उनले थपेका थिए के गरोस् उसको पनि त बाध्यता छ। अमेरिकामा गैर कानुनी रुपमा बस्न पाइँदैन। अमेरिकी नागरिकसँग विहे गर्यो। सायद माया बसेन होला ? मैले तिनलाई भनेकी थिएँ एवीकी पनि केटी साथी पनि छ रे नाइजेरियामा। मैले ती साथीसँग च्याट गर्दा देखेपछि विहेपछि तिम्री गर्लफ्रेन्ड कुराकुनी हुन्छ कि हुदैन सोधेकी थिएँ।
एवीले समान्य कुराकानी हुन्छन् भनेको थियो। अफ्रिकी र एसियाली मुलुकबाट आएका हाम्राबीच कहिले काँही आआफ्नो संस्कृति, भाषा र रितिरिवाज बारेमा छलफल हुन्थे। महिला र पुरुषलाई हेर्ने दृष्टिकोण, परिवारिक दायित्व मिल्दाजुल्दा रहेछन्।
फेरि म एबीको घटनाले मनमा कुरा खेले। एकदिन उसले भनेको सम्झेँ। ‘मा’ मलाई यहाँका केटीको बानी देख्दा अनौठो लाग्छ। उनीहरुलाई भोलिको चिन्ता छैन। केवल रमाइलो गर्न खान र घुम्न पाए रमाउछन्। वचत गर्नुपर्छ भन्ने सोच छैन। पारिवारिक संरचनामा कमजोर छ।
खाना किनेर फर्केपछि एबीले आफ्ना अनुभव सुनाउने क्रमलाई निरन्तरता दिँदै भन्यो, ‘विवाहपछि मैले खाना नपकाएको दिन छैन्। पैसा भए पकाउनभन्दा किन्न सजिलो मान्दा रहेछन् यहाँ मान्छे। मलाई भने घरमै पकाएर खान मनपर्छ। नाइजेरिया म जन्मेको देश त्यहाँ धेरैजसो महिला घरभित्र र पुरूष वाहिरको काममा व्यस्त हुन्छन्। यहाँ सबै काम म गर्छु। म सोच्छु उनी मेरी श्रीमान हुन् अनि म उनकी श्रीमती हुँ। त्यति मात्र कहाँ हो र कहीँ जादै छन् र साध्यो भने त्यो तिम्रो सरोकारको विषय होइन भन्ने जवाफ पाउँछु।’
त्यस दिन उसलाई कुरा गर्न फुर्सद मिलेछ र उसले मलाई अहिलेसम्म आफूमाथि घटनाको बेलिविस्तार लगायो। पहिलो घटना, करिब दुई साताअघि उनी आउनु अघि म कम्युटरमा काम गर्दै थिए। पानीको एउटा बोटल बैठक कोठामा थियो। बाहिर के भएको थियो मलाई थाहा भएन, उनीभित्र पस्नासाथ मलाई अपशब्दह बोल्दै त्यहीँ बोटल मेरो मुखमा फालिन्। भित्रभित्रै रिस उठ्यो। तर सहेँ। हामी दुवै काम गर्छौं।
उनको जिम्ममा स्वास्थ विमाको खर्च मात्र छ। म अरू सबै घरवहाल, फोन, विजुलीको खर्च बेर्होछु। मलाई काम गर्नसित कुनै गुनासो छैन। तर परिवारको सदस्य भइसकेपछि आत्मसम्मान पनि हुन्छ नि। त्यस्तो बेलाचाही निकै दुःख लाग्दो रहेछ, त्यस्तो बेला आमा सम्झिन्छु।
अर्को हालैको घटना, मैले महंगो मूल्यको लोन लिएर (१६०० डलर) कम्प्युटर किनेँ। उनलाई मन परेको थिएन। तर मेरो कामको हिसाबले मैले किन्नै पर्ने थियो। अपार्टमेन्ट गएपछि खाना पकाएँ। काम सकेपछि बैठकको एक कुनामा बसेर ल्यापटप डिजाइनिङ गर्दै थिएँ। उनकी बहिनी पनि आएकी रहिछन्। उनीहरुले खाना खाए। म काम गर्दै थिएँ।
उनले बहिनीको सुत्ने बेला भयो तिमी कोठामा जाऊ भनिन् मैले ठिक छ म यताको कुनामा छु। एकछिनमा मेरो काम सकिन्छ अनि, मेरो कामले उनलाई बाधा पुग्दै। म एकछिन् पछि जान्छु भन्न नपाउदै हान्ने गोरुले झै मेरो व्याग खोसिन्। ढोका बाहिर फ्याक्दै ‘गेट लस्ट’ भनिन्। मलाई असह्य भयो। मेरो जाने ठाउँ कहि थिएन त्यसैले खाना पनि नखाइकन त्यो राति साढे दश बजे अफिस आइपुगेको थिएँ।
उसको अनुभव ननिको लाग्यो। मनमा विविध विचारले फन्को मार्न थाले। महिला हुन् वा पुरूष शक्ति भएपछि, दुरूपयोग गर्न तल्लिन हुँदा रहेछन्। जसरी सरकारमा रहेका बेला जनतालाई शासकले गर्छन्। ‘शक्ति’ कति अन्धो र शक्तिशाली होला यसले अहंकार जन्माउन सक्ने। कति बलवान मानिसको विवेक र मानवतालाई कुल्चिन सक्ने?
अनि सम्झे मन त जसको पनि दुख्दो रहेछ। पुरुषले पनि कति महिलालाई घरबार बनाइरहेकाछन्। र दुखितः होलान्। र त कुनै पनि बादमा लाग्नेहरुलाई भन्न मन लाग्छ, मानव जातिलाई सहअस्तित्वका लागि हो। वर्चश्व कायम गर्न हैन। अरुको अस्तित्वलाई हेलाह गर्नु आफूलाई नै सम्ममान नगर्नु हो भन्ने बुझ्ने भइदिएको भए हिंसाका घटना किन हुन्थे होला र? जहाँ पनि सक्ने नसक्नेलाई थिचोमिचो गर्ने व्यवस्था बडो सुन्दर तरिकाले स्थापित गरिएको छ।
यति कुरा गम्दागम्दै एबी आउछ अनि भन्छ ‘मा’ यहाँका अश्वेत – (म नै अश्वेत हुँ तर मैले भोगेको अनुभवले भन्दैछु) केटीमा शून्य धैर्यता र स्वसुखलाई केन्द्रित गर्ने बानी देखेर मलाई अचम्म लाग्छ। उनीहरुले परिवारको महत्व बुझेकै छैनन्।
हुनतः उनीहरुका कति स्टेप फादर र मदर हुने कसरी बुझून? अनि एबी पितृसत्तात्मक समाजले हुर्काएको युवा हो। कतिपय असहज लाग्नु स्वाभाविक पनि हो। नाइजेरियामा महिलालाई दिइएको स्थानसँग अमेरिकी महिलाले पाएको स्वतन्त्रतामा निःसन्देह व्यापक भिन्नता छ। यहाँ निर्धक्क एकल आमा बनेर आफ्नो र आफ्ना सन्तानको जिम्मेवारी निभाउने बाबुका तुलनामा आमा धेरै छन्। पिऊ रिसर्चले सन् २०१८ मा प्रकाशन गरेको अध्ययनमा सन् १९६८ तिर एकल आमाको संख्या १२ प्रतिशत थियो भने सन् २०१७ सम्म आइपुग्दा एकल आमाको संख्या २१ प्रतिशत पुगेको छ।
त्यस्तै १८ वर्ष मुनिका २ करोड ४० लाख बालबालिका अविवाहित एकल अभिभावकसँग बस्छन् र ती मध्ये १ करोड ५० लाख एकल आमासँग बस्ने गरेका छन्। अर्का दुई सन्तानका एकल बाबुको जिम्मेवारी (एक वर्षदेखि) निभाइरहेका जोनशन विवाहित हुन्। उनी पत्नी पीडित ठान्छन् आफूलाई। तर आफ्ना पाँच र तीन वर्षका नानीहरुलाई रेखदेख गर्न पाएकोमा गर्व गर्छन्।
छोराछोरी मेरा हुन्। पिताका नाताले म उनीहरुको जिम्मेवारी निर्वाह गर्छु भलै मेरी श्रीमतीले मलाई चार पटक धोका दिएकी किन नहुन्। उनले मलाई धोका दिइन्। उनी पटकपटक आउने फेरि मलाई छलेर अर्को युवासँग जाने गरिनँ। मैले उनलाई अहिलेसम्म केही दूव्र्यवहार गरेको छैन। र, अब म उनीसँग सगै बस्न चाहन्न। एबीलाई तीन दिनपछि श्रीमतीले म लिन आउँछु भनेर फोन गर्छिन्। एबी आफै आउन जवाफ दिदै फोन राख्छ। भोलिपल्टदेखि नियमित काम थाल्छ। उसको बुझाई जीवन सिकाई हो र भोगाई नियती। कुनै दिन तिनले मलाई बुझ्लिन्।
सम्बन्धमा पर्ने बक्ररेखालाई सोझ्याउन एकले अर्कोलाई बुझ्न जरूरी हुन्छ। एबीको अवस्था होस् वा जोनशनको, जीवनको यात्रामा आउने उतार चढाव सिकाइ हुन्। कति सिक्न र मनन गर्न सकिन्छ, त्यो व्यक्तिको ग्रहण गर्ने शक्तिमा भर पर्छ भन्दै मैले उसलाई वाइ भनेँ।