सिन सिनाटीको उपाधि जोकोभिच र भिक्टोरिया अजारेन्कालाई

विश्व नम्बर एक नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न (सिन सिनाटी) ओपनको उपाधि जितेका छन्।

न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएँदै जोकोभिचले उपाधि जितेका हुन्।

उपाधि जित्ने क्रममा जोकोभिचले  सर्बियन स्टार मिलोसमाथि १-६, ६-३ र ६-४ को सेटमा  जित निकाले।

पहिलो सेट गुमाएपनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गरेका थिए।

यता जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितिन्।

बायाँ खुट्टाको ह्यामस्ट्रिङ चोटको कारण ओसाकाले फाइनल त्यागेकी हुन्।

प्रकाशित मिति: : 2020-08-30 07:14:09

प्रतिकृया दिनुहोस्