हेर्नू न छाता भाँचिएछ। तपाईँ अगाडि बढ्नुस् म एक छिन शोक मनाउँछु, छाता भाचिएको यो अवसरमा।
यत्रो यात्राको साथी भाँचियो। मलाई पानीबाट बचायो। घामबाट बचायो। कति ठाउँ लड्नै लाग्दा, ऊ लठ्ठी झैं अगाडि गयो र लड्नबाट मलाई बचायो। साँच्चै त्यो छाता मेड इन प्रदेश भए पनि मसँग खुब मित्रवत व्यवहार राख्यो। उस माथिका ती सात रंग इन्द्रेणीको झझल्को दिन्थे। यति चाडै नभाचिनु पर्थ्यो। भाँचियो र त मेरो मन भाँचियो। तपाईँलाई थाहा नै छ, जुम्ला बजारदेखि हामी तीन त हो साथी। एक म, एक म भित्रको भगवान, एक यही छाता त थियो। बाटो हिँड्ने।
भाँचिएको छाता बोकी हिँड्नु के काम? ऊ अब हिँड्न नसक्ने थियो। ऊ गन्तव्यमा पुगे पनि कतै फालिनु थियो। मैले यतै फालिदिए म भित्रको भगवान पनि निकै दु:खी छ। सोचेको थिए मेरि प्रेमिकालाई,‘लौ म सँगै सिँजा जाने यी साथी आजदेखि तिम्रा भए भनौला सोचेको थिएँ। मान्छेको सोचेको सबै पूरा नहुन सक्छ्न्। यो कुरा सुनेर अवश्य मेरी प्रेमिका दु:खी हुनेछ्न्। I will miss u मेरो छाता। अब तिमी मेरो एल्बममा मात्र रहने छौ। तिम्रो तस्बिर देख्ने बित्तिकै म कति नोस्टालजिक हुँला। किङ्स ल्याड्स सम्झिउँला।
हामी एकसुर हिँडिरहेका छौं। खुसी छौं, दुबै। म यति खुशी छु कि मैले म भित्रको भगवान बिर्से। ऊ मेरो खुसीमा खुसी छ। किङ्स प्यालेस पुगि आयौं। हाम्रो हैसियत ex - kings palace सम्म त हो। हाम्रो हैसियत मिउजियम सम्म त हो। लाइभ किङ्सको प्यालेस घुम्ने इच्छा राख्नु नै भयंकर ठूलो कुरा हो। हाम्रा लागि सिँजा पुग्न सजिलो छ, सिंहदरबार हैन।
सिँजा भ्यालीको बनोट नै बडा सुन्दर छ। कति चोटी भनौं तपाईलाई।
-‘बा केही खाजा पाइन्छ?’
-‘च्याउ च्याउ होला।’
च्याउ च्याउ with सिमी। जुम्लाको सिमी। आउनु भयो भने खाएर मात्र फर्किनुस् है। गज्जब हुन्छ।
थकाइ मार्नु पनि थियो। रामसिंह रावलको- ‘सिन्डिकेट, लोकतन्त्र र राजनीति’ का पुरै च्याप्टर सकिए।
डियर रावल गलत रहेनछन्। जुम्लाबारे लेखिएका धेरै कुरा सत्य छन्। बुझ्न सजिलो भयो। धन्यवाद तपाईँलाई।
कानमा आवाज पर्छ।
-‘बुडेसकाल ट्वाटकी कसैका नहुन्, ज्यात्ति दु:ख हुँदो।’
एउटा आहन छ, ‘बालिबैंस भया छोरो, प्रभात धोया मुख।’
छोरो किन चाडै जन्माउनु, के चाडै वैतरणी तर्नलाई?
वैतरणी तर्नलाई चाहिने होइन र छोरो? नजन्मिँदै कति छोरी वैतर्णी तरिसके। कस्तो दुर्भाग्य? तपाईँको चाडै छोरो होस् र तपाई तर्नु होला वैतर्णी। have a nice journey, all the best.
म जब टिकापुरका गल्लीहरूमा यसरी हिँडिरहेको हुन्थे। कानमा आवाज ठोकिन्थे, ‘यो पाँच औल्या हो, काटिया ठौरमै छोया भलो होइजान्छ। यो सिजालित हो, जुम्लाका भ्याङ्कर भीडमा पाइन्या, सिलाजित हो। यो यार्सागुम्बा हो, तलि किडो, माथि घाँस। विदेशी त लाख हाल्ला छन्। तमि आफ्नै मान्ठ भयौ। सस्तो अद्दिउला।’
यो त्यो जुम्ला हो। जब कर्णालीलाई भिक्षा पात्र बनाएर यहाँ नेता,‘अहम् भिक्षाम् देही,’ भन्दै हिँडिरहेका थिए भने यहाँका जडिबुटी बजार बजार पुगिरहेका थिए। आज लाइसेन्स प्राप्तले मात्र जडिबुटी बेच्न पाउँछ। लाइसेन्स छैन भने के भारत जान पासपोर्ट लाग्छ र? झैं गर्छ सरकार। तर त्यो बेला जडिबुटी मज्जैले घुम्थे।
आँखा अगाडि तीन बच्चा पर्छन्। १३/१४ वर्षका। पातलो ज्याकेट र तल कुनै ट्रेडमार्क बिनाकोको सुरूवाल। अलि लजाए जस्तो गर्छन्। अलि मुस्कुराउँछन्। चिने जस्तो त मलाई लाग्दैन। छेउमा पुग्ने बित्तिकै एउटाको आवाज कानमा पर्छ,‘ब्याल्क किन्नु हुन्या हो?’
Green is equal to black black is equal to गाँजा, yes गाँजा is green.
गाँजा is equal to भाँगो, विइड, मेरिज्ज्मा etc etc.
हो उसले त्यही किन्नु हुन्छ भनेको।
पैताला अगाडि बढ्न दिएन त्यो आवाजले।
सोधेँ, ‘खै हेरौं कत्रो छ?
-‘कति?’
-‘पचास रूपैयाँ।’
-‘my god, यत्रो त काठमाडौं हुँदा पाँच सय पर्छ। हैट मौकामा हिरा फोट्नुपर्छ भन्छ्न्।’
एउटा बच्चालाई सोधेँ, ‘pure हो नि?’
अर्काले भन्यो, ‘माल सुग्नुस् न।’
‘मेरो हातमा कालो हिरा छ।’
‘विश्वले खोजिरहेको कालो हिरा / black diamond।’
यहाँ हरेक अनुहारसँग लुकि लुकि हिँड्छ। मेरो पुरानो सस्कार झैं, date expire औषधि बनि हिँडेको छ।
हामी पनि हिँडौं।
राजा वीरेन्द्र र रानी ऐश्वर्यवाला पुलमा आइपुग्यौं नि हामी।
यी मूर्तिहरू बनाउनेका हातमा भगवान आएर बस्छ होला। जस्ताको त्यस्तै। वर काटी पर मिलाए जस्तो।
बाटोमा भेट भयो। उही यताबाट यात्राको सिरिज पठाउने, हाम्रो आँखामा चित्र निर्माण गर्ने। लुकेका प्रतिभालाई बजारमा ल्याउन कोशिश गर्ने। उही निर्भिक कलम बोक्ने, महेश नेपाली। यदि तपाईलाई फुर्सद छ भने ऊ सँग बस्नुहोला। ऊ एक्लै तपाईँलाई कर्णाली प्रदेशको इतिहासको बारे भन्दै हिँड्छ।
हामीले हिँड्नु पनि त छ। नाग्म पुग्नु पनि छ। अब बाँकी कथा न्यारेट गर्ने पालो महेश नेपालीको।.....
यो पनि हेर्नुहोस्