ग्यारेथ बेरीले गरे खेल जीवनबाट सन्यासकाे घोषणा

 इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्वडिफेन्सिभ मिडफिल्डर ग्यारेथ बेरीले सन्यास घोषणा गरेका छन्।

इंग्ल्यान्डका पूर्वमिडफिल्डर समेत रहेका ३९ वर्षीय बेरीले बिहीबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन्।

बेरीले एस्टन भिल्लाबाट व्यवसायिक फुटबलको सुरुवात गरेका थिए। बेरीले २००९ सम्म भिल्लामा बिताएका थिए। त्यहाँ उनले ३ सय ६५ खेलमा ४१ गोल गरेका थिए। 

उनले २२ वर्षको खेल जीवनमा सिटीसँगै एस्टन भिल्ला, एभर्टन र वेस्ट ब्रुमबाट खेलेका थिए।

बेरीले २००९ देखि १४ सम्म सिटीमा खेलेका थिए। सिटीका लागि १ सय ३२ खेलमा ६ गोल गरेका थिए। सिटीमा रहदा उनले एक प्रिमियर लिग र एक एफए कप जितेका थिए।

सिटी छाडेपनि उनी २०१७ सम्म एभर्टनबाट खेलेका थिए। बेरी २०१७ मा वेस्ट ब्रुम आएका थिए।

गत सिजन उनले वेस्ट ब्रुमबाटै खेलेका थिए। वेस्ट ब्रुमका लागि उनले ५२ खेलमा २ गोल गरेका थिए।

बेरीले कुल ६ सय ५३ प्रिमियर लिग खेल खेल्दा ५३ गोल गरेका थिए।

बेरीले इंग्ल्यान्डका लागि ५३ खेलमा ३ गोल गरेका थिए।

प्रकाशित मिति: : 2020-08-28 06:35:49

प्रतिकृया दिनुहोस्