चेल्सीका चार खेलाडीलाई कोरोना

इंग्लिस क्लब चेल्सीका चार खेलाडीमा कोरोना संक्रमण देखिएको छ।

प्रि–सिजन तयारी अघि गरिएको परीक्षणमा चार खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो।

डेलीमेलका अनुसार मासन माउन्ट, टामी अब्राहम, क्रिस्टियन पुलिसिच र फिकायो टोमोरीमा काेराेना संक्रमित देखिएकाे हाे।

यद्यपी चेल्सीले कोरोना पोजेटिभ देखिएका खेलाडीको नाम सार्वजनिक गरेको छैन।

उनीहरुलाई कोरोना देखिएको र आइसोलेसनमा पठाइएको पुष्टि गरेको छ।

उनीहरु सिजन सकिएपछि छुट्टि मनाउन ग्रिक आइसल्याण्ड गएका थिए।

पछिल्लो साता प्रिमियर लिगका खेलाडीमा कोरोना संक्रमण बढिरहेको छ। चेल्सीले नयाँ सिजनको पहिलो खेलमा सेप्टेम्बर १४ मा ब्राइटनसँग खेल्नेछ।

प्रिमियर लिगको नयाँ सिजन भने सेप्टेम्बर १२ बाट सुरु हुनेछ। गत साता १४ क्लबका १२ जनालाई कोरोना द्देखिएको थियो।
 

प्रकाशित मिति: : 2020-08-27 17:13:40

प्रतिकृया दिनुहोस्