पूर्वीय दर्शन एवम् हिन्दु धर्म ग्रन्थ वेद, गिता आदिले प्रष्ट रुपमा प्रकाश पार्दै आएको कुरा मानव जीवन समग्रमा कर्म लागि भएको भन्ने कुरा प्रयाेगसिद्ध हाे। महाभारत जस्ता पौराणिक धर्म युद्धले मानव जन्म र औचित्यलाई सहज रुपमा श्रम केन्द्रित गरि स्वीकार गरेको पाइन्छ। त्यसै गरि मानव विकासलाई छिचोल्दै आउँदा र बुझ्दै जाँदा हिजो भन्दा आज मानवीय स्वभाव, चेतना एवम् श्रमस्तर गुणात्मक तवरले उचो भएको पाइन्छ।
डार्बिनको क्रम विकास सिद्धान्त अन्तर्गत "बाँच्नका लागि संघर्ष" पूर्ण रुपमा सिद्ध भएको छ। प्राचिन मानवले प्रकृतिमाथि आफ्नो अनुकुलताको खोजी सँगै समकालीन परिवेशमा आफूलाई समायोजन गर्दै संघर्षशिल र परिवर्तनशिल प्राणीका रुपमा स्थापित गर्याे। आजको वैज्ञानिक मानवमा रुपान्तरण हुँदै लम्बे मानव विकासको सफल इतिहास रचना सँगै मानव अस्तित्व रक्षा समेत हुँदै आएको छ। यदि आफ्नो संघर्ष यात्रालाई निरन्तरता नदिएर बीचमा थाकेर गलेको भए सायद डाइनोसोर विलय भएजस्तै मानवीय अस्तित्व पनि समाप्त भएर पृथ्वीमा आज अवशेष मात्र रहने थियो।
यसरी धर्म, संस्कृति र विज्ञानको रसलाई शुद्धीकरण गरि सारभुत रुपमा सैद्धान्तिक तवरले परिभाषित गर्दा जन्म नै कर्म र हरेक मानवीय समय भ्रम भन्दा श्रममा आक्रर्षित हुनु पर्ने आत्मज्ञान हुन्छ। वास्तवमा यो धार्मिक, पुरातात्त्विक, ऎतिहासिक मर्म र विज्ञानको प्रयोगबाट लोकप्रिय एवम् प्रेरणादायी कर्मयोगी भाव बन्दै आएको छ।
समग्रमा पृथ्वी, समाज, मानवको प्राकृतिक एवम् सामाजिक परिघटनालाई एक पछि अर्को गर्दै केलाउँदा, बुझ्दा र इतिहास अध्यन गर्दा समय कहिले पनि आरामदायी गुलाफको बिस्तारा भएको पाइदैन। मात्र हरेक परिस्थितिलाई आरामदायी बनाउन स्वयंम पक्ष नै परिश्रमी भएको पाइन्छ। हरेक प्राकृतिक प्रकोप माथी प्रकृतिले आफै नियन्त्रण र संयमित हुँदै व्यवस्थापन आफै गर्छ। त्यसैगरी अराजकता र सामाजिक अस्वभाविकतालाई समाजले आफ्नै किमिसमले क्रमिक रुपमा सुधार गर्दै गएकाे पाइन्छ। अझ त मानवीय आतंक र संकटलाई स्वयम मानव आफैले परास्त गर्दै गरेको छ।
माथी उल्लिखित परिस्थितिलाई बुज्दा हरेक परिवर्तन र विकास स्वयम आत्मबाट सुरुवात हुनुपर्छ। जसमा कुनै दोर्स्रो पक्षको भुमिका रहेको पाइदैन।
यति बृहत्, लामो र गर्विलो अस्त्ररुपी उत्प्रेरक सत्य परिघटना तथा परिस्थितिको शिक्षा हामीले पाउँदा समेत कस्तो अकर्म र अस्वभाविक तर्फ उम्मुख हुँदै छौं? उचित उच्च शिक्षा पश्चात एउटा युवा पेशागत क्षेत्रमा संलग्न हुन सक्दैन। व्यावसायिक तालिम प्राप्त एउटा नागरिक उद्यमी र नवप्रवर्तन मुखी कार्य गर्न सक्दैन। वास्तवमा किन यस्तो हुँदैछ? चेतनाको स्तर हिजो भन्दा आज झन् दिन दुइगुणा रात चाैगुणा बढ्दै छ। तर पनि आत्मअनुशासन देखि कृयाशिलता किन सेलाउदै छ? सृजना, नैतिकता, व्यवहारिक किन हराउँदै छ? आलस्यता र विलासिता किन बढ्दैछ? दिकदारी, नैरश्यता र दुख किन हुँदैछ? दया, माया, करुणा, शान्ति किन बिलाउदै छ?
यति मात्र नभएर सम्पूर्ण सामाजिक शहिष्णुता, ऎक्यवद्धता, सद्भाभाव तथा हामी भन्ने भावाना लोभ हुँदैछ। हामीले चाहेको खोजेको यो हुँदै होइन। कसरी यस्तो परिस्थितिको जन्म यस्ताे हुन गयाे? हामी हुनु पर्ने के थियाे? कता गएर के हुँदै छौं? यो प्रश्नलाई गम्भीर भएर आफ्नो मनको भित्री तहमा महसुस गराैं। त्यसपछि सत्यको निकासा हाम्राे भित्री मनले आफै गर्नेछ। अहिलेको समाज, युवा पिढी किन उल्टाे दिशातिर धकेलिदै छ? किन गफ मात्र गर्न रुचाउँछन्? किन श्रमलाई सम्मान गर्न तयार हुँदैनन्, मान, सम्मान, आदरलाई किन किक गर्दैछ? भलाकुसारी, आत्मीयता, भाइचारा सम्बन्ध र निकटतालाई किन वास्तै गर्दैनन्? हामी जन्मेकाे यहि धर्तीमा केही गरेर देखाउनलाई हाे भन्ने हामीले बुझिसकेका छाैं, कि अझै हामीले जन्म र कर्म अर्थ बुझ्न बाँकी नै छ? यदि बुझ्न बाँकी छ भने बुझ्ने कहिले..? बुझ्ने, नबुझ्ने अधिकार र इच्छामा हरेक मानिस सार्वभाैम छ। तथापि बुझ्न जरुरी छ।
सायद आजको पिढीले श्रम भनेको दुःख, हैरानी कष्टकर, अफ्ठेरो मात्र बुझेको हुनाले बसेर आरामदायी पेशालाई प्राथमिकता दिएको हुनुपर्छ। तर यतिले मात्र श्रमको अर्थलाई पूर्णता दिन सक्दैन। हरेककाे श्रमले कुनै न कुनै प्राप्तीलाई जन्म दिन्छ भन्ने कुराको हेक्का हुन आवश्यक छ। तसर्थ यो जन्म श्रमका लागि हो भन्ने बुझाइ भएमा समस्या पर्ने छैन। जसले आफ्नो आवश्यकता, क्षमता, खुशी र वातावरणीय अनुकुलताले समेत स्वागत गरोस्। यदि हामीले सोच, विचार र चिन्तन गरि धैर्यलाई स्वीकार्यता, संघर्षलाई निरन्तरता र सृजना प्रति प्रतिवद्धता हुँदै आफ्नै निडरता एवम् बाहुबलीमा पूर्ण आत्मविश्वास राखी अर्गानिक तथा फरक आउटपुट दिने कार्यमा सचेत हुँदै सिङ्गो प्राकृतिक मैत्री कर्मको पछि लाग्याैं भने त्यसकाे परिणाम पक्कै पनि सुखद हुने नै छ।
भनिन्छ "जब विज्ञान टुङ्गिन्छ तब अध्यात्म सुरु हुन्छ" कतिपय कुरामा विज्ञानले बाटो नदेखाएको क्षेत्रमा मेटाफिजिक्सले बाटो देखाउँछ। तसर्थ यो लेखको सुरुमा दुबै पक्षका भाव र भावनालाई सन्तुलित गर्ने खोजिएको छ। यदि कोहि कसैले दुबै आयमलाई निरन्तर लैजान सक्छ भने उक्त मानिसको जीवन सुख, शान्ती, समृद्धि र सम्पन्नताले बित्ने गर्छ।
यदि त्यसो गर्न नसकेमा अहिलेको आधुनिक विज्ञानले हरेक वस्तु प्राप्तिको अहङ्कार र असिमित दायरामा मनरुपि चेतनालाई अनन्त तर्फ उन्मुख गराउँछ। फलत जीनमा सबै वस्तु, चाहाना पूर्ण रुपमा प्राप्त गर्न सम्भव हुँदैन। अन्ततः मानिस दुखी हुँदै निराशामा डुब्छ। जतिखेर विज्ञानको कुनै पनि खोज र चमत्कारले दुखी मनलाई सान्त्वना दिन सक्दैन त्यतिखेर अध्यात्मको साथ लिएर आत्म शान्ति र सन्तुष्टिको तृप्तीलाई मेटाउन सकिन्छ।
जीवनको गतिविधियुक्त आयमलाई अध्यात्मसँग जोड्दै विज्ञान मार्फत प्रमाणीकरण गर्न सक्ने ल्याकत राख्नु पर्छ। साथै जीवनको हरेक आरोह अवरोह, बुझाइ, देखाइ, सिकाइलाई बहुआयामिक नजर लगाउन र कोसिस गर्न कदापि पछि हड्न हुन्न्न। जस्तै हावा किन चलिरहेको छ..? नदि किन बगिरहेको छ, बिरुवा किन हरियो हुन्छ..? जस्ता प्रश्न भित्र विज्ञान लुकेको हुन्छ।
हामी जिज्ञासु भएर कल्पना गर्दै 5W 1H प्रश्न को आधार तयार पार्न सक्नुपर्छ। यस्तै सोच विचार र जिज्ञासु दृष्टिकोण मार्फत न्युटनले गुरुत्वआक्रर्षण सिद्धान्त प्रतिपादन गरेका हुन। ज्ञान शक्तिको स्तर भन्दा कल्पना शक्ति हजारगुणा बलवान हुन्छ भन्ने कुरा अल्बर्ट आइन्स्टाइनले त्यसै भनेका होइनन्। जीवनलाई कल्पनाशिल बनाउन समेत नाइ नास्ती गर्नु हुन्न। साथै कार्य सफलता निमित्त आफ्नो धर्म, संस्कृती, रितिरिवाज, चालचलन, पर्व, परम्परा, प्रथा मुल्यमान्यता, संस्कार, बिर्सिहाल्नु पर्ने अन्धविश्वास भनिहाल्नु पर्ने, तिरस्कार गरिहाल्नु पर्ने, मान्यता भन्दा उक्त सांस्कृतिक धरोहर प्रति वैज्ञानिक खोज अनुसन्धान एवम् वस्तुगत आधारमा विश्लेषण गरि व्यवहारिक र अर्थपूर्ण पाटोको पहिचान गरि सहि गलत छुट्टाउनु एउटा मानवको आधारभुत कर्तव्य हो।
आफ्नो हरेक स्थानमा उपस्तिथिलाई मूल्यवान गराउदै बौद्धिक आदर्श व्यक्तिको रुपमा पहिचान खोज्दै जानुपर्छ। तोकिएको समय र स्थानमा भौतिक शरीरको अनिवार्य उपस्तिथि गराउनु पर्छ भन्ने होइन आफ्नो योगदान र सृजनशिल कर्महरुको उपस्थिति कुना कुना पुर्याउँदा प्रत्यक्ष उपस्थिति बराबरकै हुन्छ।
हाम्रो रुढीवादी मानिने संस्कार अवैज्ञानिक मानिने संस्कृतिले कहिले पनि गलत कार्य गर्न उत्प्रेरित गराएन। गरायो त केवल सामान्ती निरङ्कुस एकात्मक तथा केन्द्रीकृत सोच भएका धर्मका दलालहरुले हाम्रो गौरवपूर्ण सांस्कृतिक मुल्यमान्यता विपरीत हुने गरि परिभाषित गर्दै कुरितीको बिल्ला दिदै आए।
हालसम्म उनीहरुकै हालीमुहाली रहेकाे धार्मिक नजिर बस्दै आएको छ। फलस्वरूप सामाजिक विकृती, समस्या र असमानताको रुपमा विभिन्न प्रथा प्रचलनले समाजमा गहिरो जरा गाडेको छ। यस्तै प्रकारका सामाजिक प्रकोपले समाजलाई अस्थिर बनाउदै परिवर्तन र रुपान्तरणलाई पछि पार्दै श्रमलाई उत्पादनमुखी र स्वीकार गर्न नसकिने स्थिति रहेको छ। अत हरेक पक्ष र विषय माथी स्वविवेक प्रयोग गरि गलत हो भने कुन हिसाबले गलत हो र साँचो हो भने कुन किसिमले साँचो हो? भन्ने तार्किक जवाफ निर्माण गरि सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रको असल पहिचान गर्ने सक्ने शैक्षिक नागरिकको उदाहरण बन्न सक्नु पनि श्रम केन्द्रीत मानवको अर्को धर्म हो।
विज्ञानका हरेक उपलब्धिबाट आफ्नो जीवनलाई आधुनिक बनाउदै लैजानु पर्छ। यसरी विविध प्राकृतिक पाटोलाई केलाउँदा प्रकृति कहिले थाकेको छैन। पृथ्वीको दैनिक एवम् वार्षिक गति निरन्तर अगाडि बढीरहेको छ। सौर्य प्रणाली आफ्नै चक्रमा घुमिरहेकाे छ। हावा पानीले आफ्नै किसिमको पहिचान कायम राखेको छ। पृथ्वीको निरन्तरतामा फेरबदल आएको छैन र पृथ्वीले विश्राम लिएको पनि छैन। समाजको विकास र परिवर्तनको गति पनि आफ्नै सुरमा छ।
यसलाई अझ मजबुत पार्न शास्त्रीय, पौराणिक एवम ग्रन्थीय भाव र विचारले मानवभित्र रहेको आत्माको अंशलाई परआत्मासम्म पुर्याएर मोक्ष प्राप्तिका लागि श्रमको खाँचो पर्ने कुरा प्रचारमा रहँदै आएको छ। थुप्रै परिवेश र परिस्थितिलाई गहन रुपमा अध्यन अनुसन्धान गर्दा प्रकृतिले सिकाएको कार्य "निरन्तर सिकाइ" सिक्ने कि नसिक्ने ? विज्ञानले सिकाएको संघर्ष र सक्रियताकाे भाव बुज्ने कि नबुझ्ने ? त्यसैगरी धार्मिक चेतनाले दिएको मोक्ष प्राप्तिको बाटो रोज्ने कि नरोज्ने?
यदि साहित्यकारले साहित्यिक श्रम नगरेको भए। कलाकार आफ्नाे कला ननिखारेकाे भए। व्यवसायीले आर्थिक गतिविधि नगरेकाे भए। अग्रज नेतृत्वले सही निर्णय नगरेकाे भए हामी कहाँ हुन्थ्याैं? पक्कै पनि उनीहरुले श्रमको पूर्ण अर्थलाई बुझेर जीवन सार्थक तुल्याए। हामीले बुझ्नै पर्ने र मनन् गर्नु पर्ने कुरा यीनै हुन। साेचाैं।