चितवनमा ४४ र मकवानपुरमा थप ३४ जनामा कोनोरा संक्रमित थपिए

चितवनसहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको २१८ नमुनामध्ये ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेहरुमा महानगरपालिकाका ३६ जना, रत्ननगरका ३ जना, खैरेनी नगरपालिकाका १ जना रहेका छन्।

योसहित प्रयोगशालामा पुष्टि हुनेहरुमा नवलपुर, रुपन्देही, तनहुँका र धनुषाका १/१ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नितु अधिकारीले जानकारी दिइन्।

चितवनमा आज थपिएका ४० संक्रमितसहित जिल्लामा कारोना सख्या ४४० पुगेको छ।

त्यस्तै, हेटौंडाको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा हेटौंडाका ३१ जनासहित मकवानपुरमा थप ३४ जनामा कोनोरा पुष्टि भएको छ।

मंगलबार साँझ सार्वजानिक गरिएको तथ्यांकमा हेटौंडा उपमहानगरपालिकामा कार्यरत १४ जनासहित ३४ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले जानकारी दिए।

३४ जनामध्ये हेटौंडा उपमहानगरका ३१, मकवानपुरगढी–३ का एक, र हेटौंडामा कार्यरत पर्सा र बारा जिल्लाका एक/एक जना रहेका छन्।

प्रकाशित मिति: : 2020-08-26 13:50:22

प्रतिकृया दिनुहोस्