मातृभूमि भारतका लागि मर्न र मार्न तयार झाँसी रानी लक्ष्मीबाईको नाम इतिहासमा नमेटिने गरि हरेकको मुटुमा कोरिएको छ। यदि कसैले बिर्सन चाहे पनि भारत माताकी यी वीरंगना छोरीलाई बिर्सन सकिँदैन।
झाँसी रानी लक्ष्मी बाईको साथमा देशकै एक दलित युवती झलकारी बाई थिइन्। न सत्ता, न ताज, भारतको माटैका लागि यिनले सन् १८५७ को सैनिक क्रान्तिमा भाग लिइन्। देश आजाद गर्न रानी लक्ष्मी बाईको परछाँई बनेर अंग्रेजसँग लोहा लिने क्रान्तिकारी योद्दा हुन्-‘झलकारी।’
झलकारी बाईको जन्म २२ नोभेम्बर १८३० मा उत्तरप्रदेश झाँसीस्थित भोजला गाउँको दलित कोली परिवारमा भएको थियो। उनको पिताको नाम सदोवर सिंह र आमाको नाम जमुनादेवि थियो।
आमाको मृत्यु झलकारीको बाल्यकालमा भएको उल्लेखित छ। पिता सदोवरले झलकारीलाई छोरा जस्तै पालनपोषण गरे। घोड सवारी, तिर चलाउन, तरवार चलाउन, तोप दाग्न जस्तो अनेकौं युद्व कौशल सिकाए। वीरंगना झलकारी बाईको औपचारिक अध्ययन केही पनि थिएन। तर उनी कोही भन्दा कमजोर थिइनन्। रानी लक्ष्मी बाई उनको साहस र युद्व कौशलको धेरै प्रसंसक थिइन्।
मेघ वंशीय समाजमा जन्मेकी झलकारी घरको काम बाहेक पशु देख-रेख, जङ्गलबाट दाउरा ल्याउने गर्थिन्। एकचोटि जङ्गलमा झलकारीको सामना एउटा बाघसँग भयो र झलकारीले आफ्नो हातको बन्चरोले बाघलाई मारिदिइन्। डकैत र अंग्रेजसँग उनको धेरै चोटि भएको मुठभेडको चर्चा दिनहुँ रानी लक्ष्मी बाईले सुनेकी थिइन्।
झलकारीले आफू जत्तिकै बहादुर सैनिक पुरनसँग विहे गरिन्। पुरन झाँसी राज्यको बहादुर सैनिक थिए। झलकारीको अनुहार रानी लक्ष्मी बाईसँग एकदमै मिल्दोजुल्दो थियो। साहसी र कुशल योद्दा भएकोले रानीले झलकारीलाई आफ्नो दुर्गा सेनामा सेनापती स्वरुप भर्ना गरिन्। झलकारी छद्म युद्वमा निपुण थिइन्।
झलकारीले रानीलाई अंग्रेजबाट सैकडौं पटक चकमा दिएर बचाएकी थिइन्। एउटै अनुहार हुनाले उनीहरूलाई पहिचान गर्न गाह्रो हुन्थ्यो।
सन् १८५७ सैनिक विद्रोहको समयमा जनरल ह्युरोजले आफ्नो विशाल अङ्ग्रेजी सेनासहित झाँसीमा आक्रमण गर्यो। रानी युद्धमा जिउँज्यानले लड्दै थिइन्। रानी अंग्रेज़ सेनाको कब्जामा नआउन भनेर झलकारी आफैं रानी जस्तो भेष-भुषा पारेर युद्वमा रानीलाई सुरक्षित किल्लाबाट बाहेर निकाल्न युद्वमा हाम फालेको इतिहासमा उल्लेखित छ। रानीलाई बचाउन झलकारी छद्म भेष बदलिएर अंग्रेज़ जनरल ह्युरोजको सैनिक छावनी पुगेकी थिइन्।
रानी लक्ष्मी बाई पक्राउ भईन् भनेर जनरल ह्युरोज र अंग्रेज़ सैनिक प्रसन्न थिए। तर झलकारीले रानीलाई बचाउन अङ्ग्रेजी सेनालाई फकाउने प्रयास गरेकी थिइन्। जनरल ह्युरोजलाई थाहा पाए पश्चात् झलकारीलाई भने- ‘तुम्हारे साथ क्या किया जाये।’ झलकारी बाईले साहसपूर्ण उत्तर दिइन्,‘जैसा एक शत्रु के साथ किया जाता है। मुझे फाँसी दो।’ जनरल ह्युरोजले अगाडि भने, ‘यदि एक प्रतिशत महिलायेँ भी झलकारी जैसी हो जाये, तो ब्रिटिश सरकार को जल्द भारत छोडना होगा।’
युद्वमा प्रायः रानीलाई बचाउन छद्म भेष धारण गर्ने नीतिले अंग्रेज कहिल्यै रानी लक्ष्मी बाईसम्म पुग्न सकेनन्। ४ अप्रिल १९५७/१९५८ मा युद्व मैदानमा वीरंगना झलकारी बाईले वीरगति पाइन्। इतिहासकारले उनको मृत्यु मिति क्लीयर पार्न सकेनन्।
यसलाई विडम्बना सम्झौं दलित वीरंगना झलकारीको इतिहास लुकाउँदै रानी लक्ष्मी बाईको इतिहास भन्छन्- ‘खुब लडी मर्दानी वो तो झाँसी कि रानी।’
असल बखान यो हुनुपर्ने थियो, ‘जाकर रण में ललकारी थी, वह तो झाँसी कि झलकारी थी।’
एजेन्सीको सहयोगमा