गण्डक अस्पतालमा थप दुई काेराेना संक्रमितकाे मृत्यु

बारामा कोरोना भाइरस संक्रमणको कारणले थप दुई जनाको मृत्यु भएको छ।
 
जिल्लाको महागढीमाई नगरपालिका ४ मल्हनीटोल बस्ने ५९ पुरुष तथा बिश्रामपुर गाउँपालिका ५ औरयाटोलका ७२ बर्षे अर्को पुरुषको कोरोनाको कारणले मृत्यु भएको हो।

दुबै जना संक्रमितको उपचारका क्रममा मंगलबार बिहान वीरगञ्जको नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ज्यान हो।

उपचारको क्रममा बिहान साढे ६ बजे मृत्यु भएका सुवर्णका पुरुषमा गत भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

यस्तै बिहान १० बजे मृत्यु भएका महागढीमाई नगरपालिकाका पुरुषमा गत भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै बारामा कोरोना भाइरस संक्रमणका कारणले १३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-25 18:36:32

प्रतिकृया दिनुहोस्