गण्डक अस्पतालमा पर्साका काेराेना संक्रमित पुरुषकाे मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणका कारण सोमबार थप एकजना पुरुषको मृत्यु भएको पुष्टि भएको छ। 

नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचारको क्रममा पर्साको सुपौली घर भएका ६८ वर्षीय पुरुषको आइतबार राति १० बजे मृत्यु भएको  नारायणी अस्पतालका प्रवक्ता अतुलेश चौरसियाले जानकारी दिए।

उनका अनुसार मृतककाे सोमबार साँझ रिपोर्ट पोजेटिभ आएको थियाे।

मुटुसम्बन्धी समस्याका कारण वीरगञ्जको तराई अस्पतालमा उपचारका लागि पुगेका ती पुरुषलाई आइतबार राति साढे ९ बजे गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो। 

तराई अस्पतालका चिकित्सक डा. रोशन कुर्मीका अनुसार गम्भीर अवस्थामा अस्पताल ल्याइएका उनलाई इमर्जेन्सी कक्षमा भर्ना गरेर उपचार शुरु गरिएको थियो। 

‘एक्स–रे गरेर हेर्दा दुईवटै फोक्सोमा निमोनिया देखिएको थियो,‘ डा. कुर्मीले भने ‘अक्सिजन दिँदा पनि अक्सिजन लेभलमा सुधार नआएको र अस्पतालमा बेड खाली नभएका कारण समन्वय गरेर कोभिड अस्पतालमा रिफर गरको थियौं।’

प्रकाशित मिति: : 2020-08-25 07:30:20

प्रतिकृया दिनुहोस्