सुशान्तको निधन भएको दिन दुबईका ‘ड्रग डिलर’ घर आएको दावी

भारतीय जनता पार्टीका बरिष्ठ नेता सुब्रमण्यमस्वामीले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको दिन दुबईका ‘ड्रग डिलर’  आयश खान उनको घर पुगेको दावी गरेका छन्। 

मुम्बई प्रहरीले पहिलो दिनदेखि सुशान्तको निधनलाई आत्महत्या प्रमाणित गर्न खोजिरहेको बेला सुब्रमण्मस्वामीले हत्या गरेको दावी गरेका थिए।

उनले पहिले दिनदेखि नै सुशान्तको हत्यामा दुबई ग्याङको सलंग्नता रहेको बताउँदै आइरहेका थिए। उनले यो मुद्धा मुम्बई प्रहरीले छानवीन गर्न नसक्ने सीबीआईलाई छानवीन गर्न दिनुपर्ने बताउँदै आएका थिए। 

सर्वोच्च अदालतको निर्णयपछि विगत ४ दिनदेखि सीबीआईले छानवीन गर्दै आइरहेको छ।
 

प्रकाशित मिति: : 2020-08-24 18:08:24

प्रतिकृया दिनुहोस्