पर्साका दुई काेराेना संक्रमित थुनुवा अस्पतालबाट फरार

जिल्ला प्रहरी कार्यलय, पर्साका कोरानो पोजेटिभ थुनुवा अस्पतालबाट गएराति भागेका छन्। 

वीरगज हेल्थकेयरमा उपचार गराई रहेका नगवाका छोटु तिवारी तथा रामबन रामु माझी गएराति अस्पतलबाट भागको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ। 

सार्वजनिक मुद्दाका अरोपित रहेका दुबैजना राति २ बजे एक्कासी बेपत्ता भएपछि प्रहरीले खोजी सुरु गरेको थियो।  

जिल्ला प्रहरी कार्यलय पर्सामा रहेका थुनुवाहरु मध्ये ४४ जना केही दिन अगाडी कोरोना संक्रमित भएपछि प्रहरीले वीरगञ्जको राणीसतीमा छुटै आइसुलेशन बनाई उनीहरुको उपचार गरिहेको थियो। 

२४ घण्टा प्रहरी निगारानीमा रहेको राणीसती आइसुलेशनबाट २ दिन अगाडी तिवारी तथा माझीको अवस्थामा बिग्रेपछि थप उपचारको लागि कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा पुयाएको थियो। 

सो अस्पतालमा पनि उनीहरुलाई गण्डक प्रहरीले निगरानीमा राखेर उपचार गराइरहेको बेला दुबैजना फरार भएपछि डियुटीमा रहेका प्रहरीमाथि पनि अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति: : 2020-08-23 11:52:55

प्रतिकृया दिनुहोस्