सुशान्तको आत्महत्या प्रकरणको ‘पोस्टमर्टम’ रिपोर्टप्रति आशंका

अभिनेता सुशान्त सिंह राजपूतको ‘अटोप्सी’ रिपोर्टमा उनको निधन भएको समय उल्लेख नभएपछि यसले ठूलो शंका उत्पन्न गरेको छ। हालै सार्वजनिक एक रिपोर्टमा उनको घाँटीमा ‘लिगेचर मार्क’ अर्थात गहिरो दाग देखिएको छ। 

फाँसी लगाउँदा दाग ‘यु सेप’ मा हुनुपर्ने हो। तर, रिपार्टमा उनको घाँटी कुनै डोरीले बाँधेजस्तो देखिएको छ।  

सुशान्तका बुवाका वकिल विकास सिंहले ‘पोस्टमर्टम’ को रिपोर्ट प्रति आपत्ति जनाएका छन्। उनले रिपोर्टमा मृत्युको समय नलेखिएको तथा अन्य विस्तृत जानकारी नभएको आरोप लगाएका छन्। 

सुशान्तको ‘पोस्टमर्टम’ रिपोर्टमा निम्न कुराहरू देखिएका छन्। जसमा सुशान्तको शरीरमा कुनै चोट देखिएको छैन। घाँटी र टाउको वरिपरिको हड्डी टुटेको देखिएको छैन। सुशान्तको शरीरको कोरोना भाइरस परीक्षण गरिएको छैन। उनको गर्दनको गोलाईं ४९ दशमलव ५ सेन्टीमिटर थियो। 

उनको घाँटीभन्दा तल ३३ सेन्टिमिटर लामो ‘लिगेचर मार्क’ देखिएको छ। डोरीको दाग किलकिलेभन्दा ८ सेन्टिमिटर मुनि थियो। घाँटीको दायाँतर्फको दाग १ सेन्टिमिटर र बायाँतर्फ ३ दशमलव ५ सेन्टिमिटर थियो। 

पहिलो ‘अटोप्सी’ रिपोर्टमा शंका गर्ने ठाउँ धेरै भएपछि सीबीआईले शुक्रबार एम्स अस्पतालसँग सहयोग मागेको थियो। एम्सले हालै पाँच सदस्यीय फोरेन्सिक टिमको गठन गरेको छ। यसबाट सुशान्तले आत्महत्या गरेका थिए कि उनको हत्या भएको थियो, रहस्य सार्वजनिक हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2020-08-22 09:43:22

प्रतिकृया दिनुहोस्