पर्साका १० महिलासहित थप ५३ जनामा काेराेना संक्रमण

पर्साका १० महिलासहित थप ५३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल वीरगञ्जले बुधवार राति सार्वजनिक गरेको पीसीआर रिपोर्ट अनुसार दिन भरमा ४५० वटा नमुना परीक्षण गर्दा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे। 

काेराेना भाइरसकाे संक्रमण देखिएका अधिकांश पोखरीया नगरपालिका बहुदरमाई नगरपालिका,र धोबिनीका बासिन्दा रहेका छन्। 

जसमध्ये एक जना बाराका ६२ वर्षीय वृद्ध छन् भने बाँकी ६२ जना पर्साको वीरगञ्ज बहुदरमाई नगरपालिका, पोखरीया नगरपालिका, धोबिनी गाउँपालिका र त्रिजुद्ध सेमिआइसोलेसनमा रहेका छन्। 

नारायणी अस्पताल पीसीआर ल्याबकी प्रमुख प्याथोलोजिष्ट डा. नीरा पाठकको अनुसार यसअघि पोजेटिभ देखिएकाको कन्टक्ट ट्रेसिङमा परेका व्यक्ति र केहीमा ज्वरो,सुक्खा खोकी र श्वासप्रश्वासमा समस्या देखिएका शकास्पद विरामीको पनि कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ।

रिपोट अनुसार पोखरीया नगरपालिकाका थप १६  थपिएका संक्रमितहरुमध्ये ७ जना अस्पतालका कर्मचारी रहेका छन्। 

यता ७ जना कर्मचारीमध्ये ६ जना पुरुष र एक जना महिला रहेको पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादवले जानकारी दिए। 

थपिएका सबै संक्रमितहरुलाई अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-20 14:04:55

प्रतिकृया दिनुहोस्