भारत सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य गुजरातका आइपीएस अधिकारी मनोज शशिधरको नेतृत्वमा ४ सदस्यीय सीबीआई टोली अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा नियुक्त गरेको छ।
महाराष्ट्र पुलिस र बिहार पुलिसले भिन्दाभिन्दै छानवीन गरिरहेको यो मुद्धामा बुधबार सर्वोच्च अदालतले सीबीआईबाट छानवीन गर्न स्विकृति दिएको थियो।
सर्वोच्चबाट स्विकृति पाएको केही घण्टाभित्रै सरकारल शशिधरको नेतृत्वमा छानवीन समिति गठन गरेको छ।
गुजरात क्याडरका अधिकारी शशिधरले आफ्नो लामो करिअरमा हात हालेको सबै मुद्धाको छिनोफानो गराउन सफल भएका छन्।
उनी १९९४ को ब्याचका अधिकारी हुन्। उनलाई यही जनवरीमा सीबीआईमा सहायक निर्देशकको नियुक्ति दिइएको थियो।
नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा उनले धेरै महत्वपूर्ण मुद्धाको छिनोफानो लगाएका थिए। सीबीआईमा नियुक्त हुनुअघि उनी गुजरातको डिजिपी, सीआइडी पदमा नियुक्त थिए।
उनले भगौडा घोषित गरिएका चर्चित व्यापारी विजय माल्याको मुद्धामा पनि छानवीन गरेका थिए।
यो टिममा बिहारको मुजफ्फरनगरमा हुर्किएका गगनदीप गम्भीर, बिहारकै गया जिल्लाकी नुपुर प्रसाद तथा मध्य प्रदेश राज्यका अनिल कुमार यादव सम्मिलित छन्।
गगनदीप पनि सन् २००४ को गुजरात क्याडरका आइपीएस अधिकारी हुन। उनलाई ठगी मुद्धामा छानवीन गर्न महारथ हासिल भएको बताइन्छ।
उनले उत्तर प्रदेशको अवैध उत्खनन् मुद्धामा पूर्व मुख्यमन्त्री अखिलेश यादवको भूमिकालाई लिएर छानवीन गरिसकेका छन्। राजनीतिक दबाबको वास्ता नगर्ने अधिकारीको रूपमा सीबीआईमा उनको चर्चा हुने गरेको छ।
यस्तै, नुपुर सन् २००७ को क्याडर हुन्। उनी सीबीआईमा कडा महिला अधिकारीको रूपमा चिनिन्छिन्। अनिल कुमार हत्या जस्तो जटिल मुद्धामा छानवीन गर्न पोख्त अधिकारी मानिन्छन्।
मध्य प्रदेशको व्यापम घोटालामा सलंग्न हत्याराको छानवनि उनैले गरेका थिए। सन् २०१५ को स्वतन्त्रता दिवसमा उनी पुलिस मेडलबाट समेत सम्मानि भइसकेका छन्।
उनले दिल्लीको कमनवेल्थ घोटाला, अगस्ता वेस्टल्याण्ड घोटाला जस्तो हाइप्रोफाइनल मुद्धाको छानवीन गरिसकेका छन्। सुशान्तको आत्महत्या प्रकरणमा उनको छानवीन निकै महत्वपूर्ण मानिएको छ।