सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणको छानवीन सीबीआईले गर्ने

भारतमा सबैभन्दा बढी विवादीत बनेको अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणको छानवीन सीबीआईबाट गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। 

बुधबार सर्वोच्च अदालतले १४ जुनमा आत्महत्या गरेको भनिएका सुशान्तको आत्महत्या प्रकरणको छानवीन गर्न सीबीआईलाई आदेश दिएको हो। 

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले यस घटनाको छानवीन पटनामा नभएर मुम्बईमा मुद्धा ट्रान्सफर गर्न अपील गरेकी थिइन्। 

अदालतले यस विषयमा कुनै निर्णय गरेन। यसलाई ११ अगस्टका लागि सारिएको छ भने सबै पक्षसँग लिखित जानकारी माग गरेको छ। 

यसअघि सुशान्तको आत्महत्या प्रकरणको माग हुँदै आएको थियो। तर, महाराष्ट्र सरकारले सीबीआई छानवीनको आवश्यकता नभएको बताउँदै आइरहेको थियो। 

रहस्यमय बनेको सुशान्तको आत्महत्या प्रकरणमा उनको प्रेमिका रिया लगायत घरमा काम गर्ने व्यक्तिप्रति प्रश्न उठिरहेको छ। 

सुशान्तसँग तीन वर्ष काम गरेको नेपालीमूलका अंकित आचार्यले उनको हत्या भएको आरोप लगाउँदै आएका छन्। यस विषयमा उनले बिएल नेपाली सेवालाई अन्तर्वार्ता दिइसकेका छन्।

प्रकाशित मिति: : 2020-08-19 12:27:41

प्रतिकृया दिनुहोस्