युएईमा फेसबुकबाट सहयोग माग गरेकी नेपाली चेलीको उद्दार

सिन्धुपाल्चोक घर भएकी तामाङ थरकी एक नेपाली चेलीले गत साता उद्दारका लागि अपील गरेकी थिइन। उनलाई युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेको गैरआवासिय नेपाली संघ (एनआरएन) ले उद्दार गरेको छ। 

तीन वर्षअघि घरेलु कामदारको रूपमा उनी वैदशिक रोजगारका लागि दुबई आएकी थिइन। डेढ साताअघि उनलाई कोरोना पोजिटिभ भएको थियो। उनी ‘होम क्वारेन्टाइन’ मै बस्दै आइरहेकी थिइन। १० दिनअघि पुनः कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो। 

पहिले उनी दुई वर्षका लागि दुबई आएकी थिइन। तर, उनको कामको मूल्यांकन गर्दै दुबईमा रहेका उनका मालिकले भिषाको अवधि थप दुई वर्ष गरेका थिए। 

अहिले विश्वव्यापी कोरोनाका कारण तनावमा रहेकी उनी घर फर्किन आग्रह गरिरहेकी छिन्। उनी अहिले पनि ‘आइसोलेसन’ मै बसिरहेकी छिन्। 

एनआरएन युएई शाखाकी महिला संयोजक शोभा शर्मा लगायतले उनलाई आवश्यक परामर्श दिइरहेका छन्। उनलाई नेपाल फर्काउने विषयमा छलफल भइरहेको शाखाले बताएको छ।

प्रकाशित मिति: : 2020-08-18 17:12:54

प्रतिकृया दिनुहोस्