ज्याक्लिन अब समाजसेवामा

अभिनेत्री ज्याक्लिन फर्नान्डेज पनि समाजसेवामा सहभागी भएकी छिन्। उनले महाराष्ट्रको पथराडी र सकुर गाउँका स्थानीय कुपोषण भएका बालबालिकाका लागि काम गर्दै आइरहेको ‘एक्सन अगेन्स्ट हंगर फाउन्डेसन’ लाई सहयोग गरेकी छिन्।

उनले यो दुबै गाउँका बालबालिकाका लागि काम गर्ने बताएकी छिन्। 
ज्याक्लिनले आफ्नो पालघर प्रोजेक्टअन्तर्गत यसमा सहभागिता जनाएकी हुन्। जसको उद्देश्य कुपोषणलाई जरैदेखि नस्ट गर्नुरहेको छ। 

कुपोषणविरूद्धको यो अभियान लामो समयदेखि सुचारु रहेको छ। र, यो एकदिनमै समाप्त हुने अभियान पनि होइन। तर, ज्याक्लिनले यसमा आफूले सक्दो सहयोग गर्ने बताएकी छिन्। 

अहिले कोरोनाका कारण गाउँमा गरिब केटाकेटीको अवस्था दयनीय छ। त्यसैले ज्याक्लिनले यही फाउन्डेसनको सहयोगमा १५ सय ५० जनालाई खाना ख्वाउने तयारी गरिरहेकी छिन्। यो अभियान तीन वर्षसम्म सञ्चालन हुनेछ। 

यसमा पोषणयुक्त खानाको व्यवस्था गर्ने फाउन्डेसनले बताएको छ। कुपोषण भएको बच्चाको जानकारी स्वास्थ्य परीक्षणबाट गरिनेछ। ज्याक्लिनले यसको जानकारी आफ्नो सोसल मिडियाबाट पनि दिएकी छिन्।

प्रकाशित मिति: : 2020-08-18 13:45:20

प्रतिकृया दिनुहोस्