गोवा पुलिसले बलिउड अभिनेता कपिल झावेरीलाई ‘रेव पार्टी’ गरेको आरोपमा पक्राउ गरेको छ।
झावेरीले आफ्नो भिल्लामा ‘रेव पार्टी’ को आयोजना गरेका थिए, जसमा २३ जना सहभागी थिए।
उनीहरूबाट ९ लाख रुपैयाँ बराबरको ड्रग्स प्रहरीले पक्राउ गरेको छ। जसमा कोकिन, एमडीएमए, एक्सटेसीको चक्की तथा चरेश भएको प्रहरीले बताएको छ।
कपिलले ‘दिल परदेशी हो गया’ र ‘इश्क–विश्क’ जस्तो फिल्ममा काम गरेका थिए।
प्रहरीका लागि यो पहिलो अवसर थिएन, कुनै बलिउड अभिनेतालाई ड्रग्ससहित पक्राउ गरेको छ।
सन् २०११ मा पनि विनोद खन्नाका छोरा साक्षी खन्ना मुम्बईमा पक्राउ परेका थिए। उनी सहायक निर्देशकको काम गरिरहेका थिए।
सन् २०१२ मा बिग बोस–७ का प्रतिस्पर्धी अपूर्व र शिल्पा अग्निहोत्री पनि मुम्बईमा ड्रग्स पार्टीमा पक्राउ परेका थिए।
चर्चित निर्माता–निर्देशक करण जौहरको घरमा केही वर्षअघि भएको एउटा पार्टीमा ड्रग्स सेवनले लट्ठीएका बलिउड कलाकारको भिडियो भाइरल भएको थियो।
यो पार्टीमा दीपिका पादुकोण, विकी कौसल, आयुस्मान खुराना, वरुण धवन समावेश थिए।