‘सडक–२’ को ट्रेलरलाई १ करोडभन्दा बढी ‘डिसलाइक’

चर्चित निर्माता–निर्देशक महेश भट्टको सिक्वेल ‘सडक–२’ विश्वकै सबैभन्दा नराम्रो ट्रेलरको कीर्तिमान बनाउने बाटोमा अगाडि बढेको छ। आफ्नै छोरी आलिया भट्ट र सञ्जय दत्तलाई लिएर बनाइएको यो फिल्मको ट्रेलर ५ दिन अगाडि रिलिज गरिएको थियो। 

हालसम्म सोसल मिडियामा यसलाई ‘डिसलाइक’ गर्नेको संख्या एक करोडभन्दा माथि पुगेको छ। ९० को दशकको सुपरहिट फिल्मको सिक्वेललाई लिएर ठूलो आशा गरिएको थियो। 

तर, युवा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा महेश भट्टको नाम पनि जोडिन पुगेपछि उनको फिल्मलाई लिएर ट्रोल हुन थालेको छ।

‘सडक–२’ को ट्रेलर हालसम्म विश्वकै तेस्रो नराम्रोको सूचिमा समावेश भएको छ। हालसम्म १ करोड १२ लाखले ‘डिसलाइक’ गरिसकेका छन्। 

अन्तर्राष्ट्रिय फिल्मको कुरा गर्दा हालसम्म १ करोड ८२ लाख ‘डिसलाइक’ यु ट्युब रिवाइन्डलाई आएको छ। यसपछि जस्टिन बिबरको बेबी सङलाई पनि १ करोड १६ लाखले ‘डिसलाइक’ गरेका थिए। 

बलिउडमा चलिरहेको परिवारवादको विरोधका कारण पनि ‘सडक–२’ लाई गम्भीर धक्का लाग्ने आशंका गरिएको छ।

प्रकाशित मिति: : 2020-08-17 18:38:55

प्रतिकृया दिनुहोस्