बलिउड नायिका करिना कपुर दोस्रो पल्ट आमा बन्न लागेकी छिन्। यो जानकारी हालै परिवारले दिएको छ।
अभिनेता सैफ अली खानको आइतबार ५० औं जन्मदिन थियो। यस अवसरमा घरमा सानो पार्टीको आयोजना हुँदा करिनाको ‘बेबी बम्प’ देखिएको थियो।
करिनाले सन् २०१२ मा सैफसँग विवाह गरेकी थिइन। करिना र सैफबाट २०१६ मा तैमुरको जन्म भएको थियो। सैफको जन्मदिनमा घरमा राखिएको पार्टीमा बहिनी सोहा अली खान, कुणाल खेमु तथा अमृता अरोडाको पनि उपस्थिति थियो।