पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँका दरले बढाएको हो।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ।

भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले दावी गरेको छ।

प्रकाशित मिति: : 2020-08-16 18:36:35

प्रतिकृया दिनुहोस्