बेरोजगार जनशक्तिलाई कृषिमा लगाउन स्थानीय तहलाई फ्रन्टलाइनमा राखिने, यसरी गरिँदैछ कृषिमा आकर्षित

रातोपाटी

काठमाडौँ

एलिजा उप्रेती 

नेपालमा कृषिसँग टुटेको सम्बन्ध पुनस्र्थापित गर्ने मौकाको रूपमा कोरोना कहरलाई हेरिएको छ । कृषि क्षेत्रको पुनर्जागरणको मुद्दा देशमै कैयौँले रोजगारी गुमाएपछि र वैदेशिक रोजगारमा गएकाहरू धमाधम फर्कन थालेपछि बहसमा आएको छ ।

कोेभिड–१९ का कारण विश्व नै यतिबेला आक्रान्त छ । विश्वले अहिले आर्थिक र स्वास्थ्य सङ्कट एकै पटक सामना गरिरहेको छ । कोरोनाका कारण नेपालमा पनि सम्पूर्ण क्षेत्र प्रभावित छन् । नेपालमा कोरोनाकै कारण २२.५ प्रतिशत  कर्मचारीले रोजगारी गुमाएको तथ्याङ्क राष्ट्र बैङ्कसँग छ ।

नेपाल राष्ट्र बैङ्कले गरेको सर्वेक्षणले विभिन्न क्षेत्रमा औसत २२.५ प्रतिशतले रोजगारी गुमाएको देखाएको हो । यसरी रोजगारी गुमाउनेमा २ तिहाइभन्दा बढी कर्मचारी करार र अस्थायी नियुक्तिका छन् ।

प्रकाशित मिति: : 2020-08-16 09:28:50

प्रतिकृया दिनुहोस्