चर्चित गायक एसपी बालासुब्रमण्यम कोरोना संक्रमणका कारण आइसीयूमा भर्ना 

चर्चित गायक एसपी बालासुब्रमण्यमलाई कोरोना संक्रमणका कारण आइसीयूमा भर्ना गरिएको छ। ९ दिनअघि उनलाई चेन्नईस्थित अस्पतालमा भर्ना गरिएको थियो। 

बुधबार उनको स्वास्थ्य अवस्था बिग्रिएपछि ७४ वर्षीय गायकलाई आइसीयूमा भर्ना गरिएको थियो। डाक्टरको एउटा टोली उनको विशेष निगरानीमा छ।

 बालासुब्रमण्यमले १६ भाषामा ४० हजार भन्दा बढी गीत रेकर्ड गरेका छन्। २०११ मा उनलाई पद्म भूषणबाट सम्मान गरिएको थियो। 

कुनै बेला आफ्नो आवाजबाट सलमान खानलाई लोकप्रिय बनाउन योगदान दिएका बालासुब्रमण्यमलाई स्वास्थ्यमा समस्या भएपछि ५ अगस्टमा अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित मिति: : 2020-08-16 09:09:12

प्रतिकृया दिनुहोस्