दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म दिल बेचारा भारतमा २४ जुलाईमा ओटीटी प्लेटफर्मममा रिलिज भएको थियो ।
फ्यान्सहरुले यो सिनेमालाई लगातार सिनेमाघरमा रिलिज गर्न माग गरिरहेका थिए । तर कोरोनाका कारण फिल्म सिनेमा घरमा रिलिज हुन पाएको थिएन । यसैबीच न्यूजील्याण्डको सिनेमाघरमा दिल बेचारा रिलिज भएको छ ।
न्यूजिल्याण्ड कोरोना संक्रमण मुक्त भएपछि त्यहाँ फिल्म रिलिज गरिएको हो । त्यहाँ जनजीवन पहिलाको जस्तै बनिसकेको छ । तर १०२ दिन पछि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसका कारण थप सावधानी अपनाइएको छ ।
सुशान्तको उक्त फिल्म दिल बेचाराको प्रिमियर पनि अकल्याण्डको होयत्स सिनेमामा राखिएको छट ।
यो फिल्मको प्रिमियरमा सबैभन्दा पहिला त्यहाँ उपस्थितहरुले सुशान्तका लागि एक मिनेटको मौन धारण गरेका थिए ।
त्यसपछि मात्र फिल्म स्क्रिनिङ शुरु भएको थियो । सोसल डिस्टेन्सिङलाई ध्यानमा राख्दै फिल्म हलमै फिल्म प्रदर्शन भएको हो ।