बारामा काेराेना संक्रमणबाट पूर्व गाविस अध्यक्षसहित २ जनाकाे मृत्यु

बाराको प्रसौनी गाउँपालिका पूर्व गाविस अध्यक्ष दिनेश साह कलवारको मृत्यु कोराना संकमणका कारण भएको पुष्टि भएको छ। 

उपचारको क्रममा बिहीबार बिहान ९ बजे उनको मृत्यु भएको थियो। स्वाब परीक्षण गर्दा कलवारको रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिहंले बताए।

७० वर्षीय मृतक कलवारलाई तीन चार दिन अगाडी ज्वरो आएपछि नारायणी वयोधा अस्पतालमा भर्ना गरिएको थियो। 

मृतक कलवारको स्वास्थ्य अवस्था बिग्रदै गएपछि बयोधा अस्पतालले आइसीयु कक्षको भर्ना गर्नुको साटो आज बिहान ४ बजे नारायणी अस्पतालमा फिर्ता पठाएको थियो।

यता नारायणी अस्पतालमा पनि भेन्टिलेटर खाली नभएपछि इमरजेन्सी कक्ष मै उपचारको क्रममा मृत्यु भएको डा सिंहले बताए।

मृतक कलवारमा कोरोनाको लक्षण देखिएकाले आज बिहान नै उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। 

यसैबीच नारायणी अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएका बाराको सिमरा निवासी ५० वर्षिय पुरुषको पनि कोरोनाको रिपोर्ट पोजेटिभ आएको डा‍ सिहंले बताए। 

सिमरा निवासी पुरुष झाडापखालाले सिकिस्त भएपछि उनलाइ वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो।
 

प्रकाशित मिति: : 2020-08-13 17:40:06

प्रतिकृया दिनुहोस्