एउटा योगीको मदिरा प्रेम, एयरपोर्टको बोतलले गराएको यार्सागुम्बाको साझेदारी

काठमाडौं । नेपालमा घर भएपनि खासमा विक्की गोयन्का (विसु) को बसाई बढि भारतमा हुन्छ । सुनसरीको दुहवीमा पुख्यौली घर भएका गोयन्का मुम्बईबाट काठमाडौं बारम्बार आउजाउ गर्छन् । 

सात वर्षअघि पुसको एकदिन उनी काठमाडौंबाट मुम्बई जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पसलमा गोलो बोतलको एउटा रक्सीले उनलाई आकर्षण गर्यो, त्यसको नाम थियो, यार्सागुम्बा । 

उनलाई रक्सीको नाम यार्सागुम्बा भएका कारण पनि आकर्षण गरेको थियो । गोयन्का जडिबुटीमा लगाव राख्छन् । उनले ७ वर्षदेखि जडिबुटीमा अनुसन्धान गरिरहेकाले पनि आफु यस्तो वेभरेजका लागि आकर्षण भएको बताउँछ । योगी स्वभावका गोयन्का यार्सागुम्बाको रक्सीले तानिएपछि एयरपोर्टबाट त्यहाँ भएको दुई बोतल बोकेर मुम्बई गए । 

बोतलमा रहेको लेबलिङ पढे र त्यहि साँझ चुस्की पनि लिए र स्वादमा उनी सन्तुष्ट भए । तर, उनलाई लाग्यो यसको स्वाद त यो भन्दा अझ राम्रो हुनुपर्ने । 

यार्सागुम्बा वेभरेज व्यवसायी लक्ष्मण श्रेष्ठले सन् १९९७ मा एभरेष्ट हर्बस् प्रोसेसिङमार्फत उत्पादन गरेका थिए । श्रेष्ठले सन् २०१४ सम्म विभिन्न कठिनाईका साथ उत्पादन गरेर बजारमा पठाइरहेका थिए । राजनीतिक अस्थिरता, यार्सागुम्बा संकलनमा कठिनाईका बाबजुद पनि उनले उत्पादन गरिरहेका थिए तर सन् २०१५ मा आएको भूकम्पले उनको उत्पादन अघि बढ्न सकेन र बन्द भयो । 

अन्तिम उत्पादनको केहि बोतल बजारमा गएको थियो । एयरपोर्टमा पनि त्यसैको स्टक थियो । गोयन्काले त्यहि रहेको स्टकको दुई बोतल बोकेर स्वाद लिइसकेका थिए । 

गोयन्का भन्छन्, ‘मैले स्वाद लिइसकेपछि यसको बारेमा सोधखोज गरें ।’ मलाई यार्सागुम्बाको स्वादमा अझै बढि केहि गर्न सकिन्छ भन्ने लाग्यो, यो कसले उत्पादन गरेको हो, अहिले यसको अवस्था कस्तो छ भनेर साथी रुपेश अधिकारीमार्फत बुझेको उनी बताउँछन् । 

प्रकाशित मिति: : 2020-08-11 16:45:38

प्रतिकृया दिनुहोस्