मेलमिलापकी सेतु भन्छिन् – समाज खलबलिँदै छ, अपराध बढ्दैछ

देशसञ्चार

काठमाडौं

दिपा दाहाल

वीरेन्द्रनगर- लगातार तीन छोरी जन्मिएपछि सुर्खेतका भैरव (नाम परिवर्तन) पत्नी गोमालाई बेवास्ता गर्दै दोस्रो विवाह गर्ने दाउमा जुटे।

अत्याधिक मादकपदार्थ सेवन गरी पत्नीलाई कुटेरै घरबाट भगाउने भैरवको रणनीति बन्यो। परिवारका लागि छाक जुटाउने दायित्वबाट उनी पन्छिए।

अन्ततः कोरोनाको कहरबीच भैरवसँग सम्बन्धविच्छेद गर्ने निधो गर्दै गोमा वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालयको महिला सेलको शरणमा पुगिन्।

गोमाले माइतीपक्षको सहयोगमा भैरवविरुद्ध तयार पारेको घरेलु हिंसा सम्बन्धी ठाडो निवेदन बुझ्नुभन्दा पहिले बुधबार सेलकी प्रमुख प्रहरी सहायक निरीक्षक डिला बिकले गोमाको पीडा सुन्न चाहिन्। लगत्तै उनले भैरवलाई सेलमा झिकाएर वास्तविकताबारे सोधपुछ गरिन्।

गोमा र भैरव पक्षबीच लामो छलफल चलाइन्। डिलाले सुरुमा भैरवसँग परामर्श गरिन्। भैरवले गल्ती अस्वीकार गरेपछि डिलाले चर्को स्वरमा थर्काइन्।

प्रकाशित मिति: : 2020-08-10 11:39:42

प्रतिकृया दिनुहोस्