वीरगञ्ज महानगरका विकास महाशाखाका प्रमुखसहित थप ७५ जनामा कोरोना संक्रमण

वीरगञ्ज महानगरका सामाजिक विकास महाशाखाका प्रमुखसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

विकास महाशाखाका प्रमुख अरुणकुमार महतोमा कोरोना संक्रमण पुष्टि भएको हाे। उनीबाहेक पर्सा र वीरगञ्जमा बस्ने ७० र  बारा, सर्लाहीका ५ र एकजना भारतीय नागरिकमा काेराेना संक्रमण देखिएकाे छ।

संक्रमण देखिनेमा १२ वर्षको बालकदेखि ६८ वर्षे वृद्धसम्ममा रहेको नारायणी अस्पताल ल्याबले जनाएको छ।

भारतीय नागरिकमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका एक जना ३५ वर्षीय पुरुष हुन्। यता वीरगञ्ज महानगरका दुई जना वारुण यन्त्रकर्मीमा पनि कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।

त्यसैगरी, बाराको कलैया उपमहानगरपालिका ६ का ३३ वर्षीय पुरुष, फेटा ६ का २२ वर्षीय पुरुष र परवानीपुर गाउँपालिका ३ का ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालका दुई जना स्वास्थ्यकर्मी, बेल्वा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, पकहामैनपुर गाउँपालिकाका एक जना स्वास्थ्यकर्मी गरी करिव आधादर्जन स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ।

वीरगञ्जको छपकैया, विर्ता, आर्दशनगर, श्रीपुर, राधेमाई, रामगढवा, सवैठवा, मिथलानगर, रेशमकोठी, गणेशटोललगायत वडामा पनि कोरोना संक्रमित भेटिएका छन्।

पर्साका ७० जनामा एक जना वीरगञ्ज २ छपकैयाकी २० वर्षीया महिला रहेका छन्। उक्त महिलाको उपचारको क्रममा गण्डक कोभिड अस्पतालमा शुक्रवार राति २ बजे मृत्यु भएको थियो। ती महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा र सुरक्षाकर्मी गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुले जिल्ला प्रहरी कार्यालय पर्साबाट स्वाब संकलन गराएका थिए। एकजनाको भने पहिचान खुल्न नसकेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

वीरगञ्जबाहेक अमरपटीका ३, पकहामैनपुरका २, बहुदरमाईका १ , पर्सागढिका ३, पटेर्वासुगौलीका १, जिराभवानी गाउँपालिका १ जनामा कोरोना संक्रमण देखिएको नारायाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए।

यता पर्सामा हालसम्म १ हजार १५ जनामा कोरोना संक्रमण भएको छ भने २१ जनाको मृत्यु भइसकेको छ। साउन यता १७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वस्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी गराए।

यता सर्लाहीका ३६ वर्षीय पुरुषले भने गौर अस्पतालमा स्वाब संकलन गराएका थिए।

प्रकाशित मिति: : 2020-08-09 10:14:59

प्रतिकृया दिनुहोस्