जगदम्बा इन्टरप्राइजेज वीरगञ्जका सिइओको कोरोना संक्रमणबाट मृत्यु

कोरोना संक्रमित जगदम्बा इन्टरप्राइजेज प्रालि वीरगञ्जका प्रमुख कार्यकारी अधिकृतको गए राति मृत्यु भएको छ।

५६ वर्षीय सिइओको राति साढे ११ बजे गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो। भारत निवासी उनी पुरानो मुटुरोगी भएको अस्पताल प्रशासनले जनाएको छ। 

साउन ७ गते उनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। हिजो दिउँसोदेखि अक्सिजनको मात्रा शरिरमा कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निरजकुमार सिंहले बताए।

‘स्वास्थ्य अवस्था केही बिग्रिएपछि भेन्टिलेटरमा सारिएको थियो। तर उपचार गर्दागर्दै बचाउन सकिएन,’ उनले भने। 

उनको शव अहिले अस्पतालमै राखिएको छ।

वीरगञ्जमा बिहीबार नै नगवा निवासी ३५ वर्षीय पुरुष र छपकैया निवासी ६५ वर्षीय पुरुष मृत्यु भइसकेको छ। यसबाहेक बुधवार नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ ७० वर्षीय र नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारार्थ ६८ वर्षीय वृद्धको मृत्यु भएको भएको थियो।

याे साताका वीरगञ्जका काेराेनासँग सम्बन्धित समाचारहरु

१) वीरगञ्जमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु, तीन डाक्टरसहित थपिए ४६ संक्रमित

२) गण्डक अस्पतालमा ३५ वर्षीय पुरुषको मृत्यु, स्वाब परीक्षणको लागि नारायणी पठाइयाे 

३) देवताल गाउँपालिकाका ४४ जनप्रतिनिधि काेराेना संक्रमण मुक्त

४) वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीलाई काेराेना संक्रमण

५) वीरगञ्जका घरघरमा ‘कोभिड–१९ पोजिटिभ केसको घर, होम आइसोलेसन सतर्क रहौँ’ सूचना !

६) वीरगञ्जमा एक दर्जन बढि स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना संक्रमण

७) वीरगञ्जमा बुधबारमात्रै दुई कोरोना संक्रमितको मृत्यु {अपडेट}

८) प्रदेश २ का सामाजिक विकासमन्त्रीका चालक, भान्से र स्टोर किपरमा कोरोना संक्रमण

९) वीरगञ्जमा थप एक कोरोना संक्रमितकाे मृत्यु, मृतककाे संख्या ७ पुग्याे

१०) पर्सामा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जनामा कोरोना संक्रमण

११) पर्सामा थप १९ जनामा काेराेना संक्रमण पुष्टि

१२) वीरगञ्जमा समुदायस्तरमै फैलियाे काेराेना, परीक्षणमा तिव्रता

१३) वीरगञ्जमा मृत्यु भएका भारतीय नागरिकमा काेराेना संक्रमण पुष्टि

१४) आरडीटी जाँचमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका व्यवसायीको मृत्यु

 

प्रकाशित मिति: : 2020-07-31 08:40:30

प्रतिकृया दिनुहोस्