सुशान्त सिंह राजपूतको आत्महत्याको डेढ महिनापछि फोरेन्सिक विसरा रिपोर्ट सोमबार सार्वजनिक भएको छ।
सोमबार बिहान कलिना फोरेन्सिक ल्याबले बान्द्रा पुलिसलाई रिपोर्ट बुझाएको थियो। जसमा शंकास्पद (फाउल प्ले) केही नभेटिएको प्रहरीले बताएको छ।
ल्याबले अब ‘स्टमक वास’ र नङको रिपोर्ट आउन बाँकी रहेको बताएको छ। यसअघि पहिलो विसरा रिपोर्ट जुलाईको पहिलो साता सार्वजनिक भएको थियो। यसमा पनि कुनै शंका गर्ने ठाउँ देखिएको थिएन।
नङ्को रिपोर्टपछि मर्ने बेला सुशान्तको अन्य कोहीसँग हातपात भएको थियो कि थिएन भन्ने स्पष्ट हुनेछ।
सुशान्त १५ जुनमा मुम्बईस्थित आफ्नो घरमा झुन्डिएको अवस्थामा भेटिएका थिए। उनको आत्महत्या प्रकरणमा ३८ जनासँग बयान भइसकेको छ।