गत शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिरमै एकता महाधिवेशनको प्रस्ताव गरे । स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष र प्रधानमन्त्री पद दुवै छाड्न दबाब बढिरहेको अवस्थामा ओलीको अनौठो प्रस्ताव थियो, त्यो ।
चैतको अन्तिम साता (२५ देखि ३० गतेसम्म)कै महाधिवेशन असम्भव भइरहेका बेला ओलीको अप्रत्यासित प्रस्तावले सचिवालयका सदस्यहरू आश्चर्यमा पर्नु स्वाभाविकै पनि थियो ।