सोमबारको व्रत बसेकी स्वास्थ्यकर्मी भन्छिन्- सेवा नै सबैभन्दा ठूलो धर्म हो

देशसञ्चार

काठमाडौँ

प्रतिभा चन्द

उनी स्वास्थ्य विज्ञानकी विद्यार्थी । स्वास्थ्य सेवामै समर्पित भइन् । उनमा ईश्वरप्रतिको आस्था पनि छ । हरेक सोमबार उनलाई मन पर्ने भागवान शिवको व्रत बस्छिन्। साउने सोमबारको व्रत उनलाई अझ विशेष लाग्छ ।

यसअघिका व्रतमा उनले आफ्नो र परिवारको स्वास्थ्य तथा हितको कामना गर्थिन् । भागवानसँग आफ्नो परिवारको सुख–शान्तिका लागि प्रार्थना गर्थिन् । तर यो वर्ष व्रत बस्दै गर्दा उनी परिवारको भन्दा पनि संसारभरका मानिसको सुस्वास्थ्य र हितका लागि कामना गरिरहेकी छन् । ‘संसार कोरोना भाइरसको महामारीसँग लामो समय जुध्नु नपारोस्’ यही छ उनको मनोकामना ।

मनमैजुकी ४६ वर्षे तिर्थशोभा नकर्मी पेशाले नर्स हुन्। बिरामीको सेवा जति गर्न पायो त्यति उनलाई खुशी लाग्छ । मनमा आनन्द हुन्छ । आफ्नो पेशाप्रति गर्व छ । काम गर्ने उर्जा थपिन्छ। जाँगर चल्छ।

तर अहिले उनलाई अहिले भने फरक लाग्न थालेको छ । कोरोना भाइरसबाट संक्रमित भएकाहरु नथपिउन्, संक्रमितलाई पनि गाह्रो नभई निको होस्, संसारबाट कोरोना भाइरसको महामारी अन्त्य होस् भन्ने छ उनलाई ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा काम गरिरहेकी नकर्मीले सरुवा रोगका बिरामीको सेवा गर्दै आएकी थिइन्।

प्रकाशित मिति: : 2020-07-20 16:42:49

प्रतिकृया दिनुहोस्