प्रियंकाकाे जन्मदिनमा निकले लेखे– म तिम्रो आँखामा जीवनभर बस्न सक्छु

प्रियंका चोपडाले ३८ औँ जन्मदिन मनाएकी छिन्। यसअघि धुमधामसँग जन्मदिन मनाउने प्रियंकाले यसपल्ट कोरोना भाइरसको कारण सामान्य तरिकाले आफ्नो पतिसँग मनाइन्। 

यसपल्ट प्रियंकाको लागि जन्मदिनको बिशेष शुभकामना उनको पति निक जोनसको रह्यो। निकले प्रियंकासँग खिचेका रोमान्टिक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए। 

निकले तस्वीरसँगै लेखेका छन्,‘म तिम्रो आँखामा जीवनभर बस्न सक्छु। म तिमीलाई माया गर्छु प्रिय, तिमी सबैभन्दा विवेकशील, चिन्तित र उत्तम व्यक्ति हौं, जसलाई मैले यसभन्दा अगाडि कहिल्यै भेटेको थिइन्। म धेरै आभारी छु कि हामी एक अर्कालाई भेट्यौं। जन्मदिनको शुभकामना।’

हुन त प्रियंका र निक केवल बलिउड मात्र होइन हलिउडको मनपर्ने जोडी पनि हुन्। यी दुईको प्रेम र एक अर्काको लागि गर्ने सम्मान सबैको प्रेरणको स्रोत बनेको छ।

प्रियंकाको जन्मदिनमा बलिउड स्टारहरुले पनि उनलाई बधाई दिएका थिए। करिना कपुर खान, अनुष्का शर्मा, फरहान अख्तर, रोहित सराफ, हिना खान, कट्रिना क्याफ जस्ता स्टारहरूले पनि बर्थडे पोस्ट गरेका थिए।

प्रकाशित मिति: : 2020-07-19 10:09:05

प्रतिकृया दिनुहोस्