खोइ मधुरो देख्छु-
त्यसैले भनौं के देख्छु - देख्छु।
साबुनको फिज जस्तो
धरतीलाई छुँदा अस्तित्वहीन हुने
सपनाहरु मार्दै गरेको देख्छु।
मुखबाट विस्फोट ध्वनि
जसले टकराएर करोडौं-
संख्यामा जीवहरू घायल भएको देख्छु।
जैले बिहानी सधवा जस्तो रङ्गिन भएका विचार
संध्याको स्पर्शले विधवा भएको देख्छु।
नयनका पर्दा पनि फाटे-
अन्याय, शोषणको धुवाँ लागेर-
अब शेषनै के रह्योर
मत मेरो देश डुब्दै गरेको देख्छु।