रणबीरसँग अनुहार मिल्ने जुनैदको २८ वर्षमा निधन

बलिउडका युवा स्टार रणबीर कपुरको अनुहारसँग ठ्याक्क मिल्ने काश्मिरका एक युवक जुनैद शाहको २८ वर्षकै उमेरमा ह्दयघातका कारण निधन भएको छ। जुनैद केही समयअघि श्रीनगरस्थित आफ्नो घर फर्किएका थिए। 

काश्मिरका एक पत्रकार युसुफ जमिलले ट्वीट गर्दै यसको जानकारी दिएका हुन्। उनले ट्वीटमा हिजो राती हाम्रो पुरानो छिमेकी निसार अहमद शाहका छोरा जुनैदको ह्दयघातका कारण निधन भएको हो भनेर लेखेका छन्। उनले मानिसहरु उनलाई बलिउड अभिनेता रणबीर कपुरको अनुहार परेको भनेर चिन्ने गर्थे भनेका छन्। 

जुनैद आफ्नो बुवा र आमासँगै एक महिनाअघि मुम्बईबाट घर फर्किएका थिए। जुनैद मुम्बईमा मोडलिङको काम गर्थे। उनी अनुपम खेरको अभिनय स्कुलमा पनि भर्ना भएका थिए। यसअघि उनीमा मुटुसम्बन्धि कुनै समस्या देखिएको थिएन। 

जुनैदको फोटो सोशल मिडियामा पहिलो पल्ट हेर्दा रणबीरका बुवा ऋषि कपुर पनि छक्क परेका थिए। सन् २०१५ को अप्रिलमा ऋषिले दुबैको फोटो शेयर गरेर जुनैदको प्रसंसा गरेका थिए। 

उनले ट्वीटमा लेखेका थिए, ‘हे भगवान, मेरो छोराको पनि दुरुस्त अनुहार भएको मान्छे पनि रहेछ। अचम्म लागेको छ।’ ऋषिको पनि यही वर्ष निधन भएको थियो।

प्रकाशित मिति: : 2020-07-18 06:48:33

प्रतिकृया दिनुहोस्