जुम्लाको चन्दननाथ १० का गणेश सार्की बिहानै बाहुनबाडातिर लगीका घर झराे (दियालाे) पुर्याउन जाँदै थिए। देशभर बालिघरे प्रथाकाे रूपले चिनिएकाे प्रथा जुम्लामा लगी प्रथाबाट चिनिन्छ।
साउने संक्रान्तिकाे दिन घरकाे छतमा राँका हाल्ने दियालो ल्याउने काममा लगीमानी प्रथाले खुब काम गर्छ। लगी प्रथा अनुसार हुने-खाने कथित माथिल्लो जातका बाहुन वा क्षेत्री कथित तल्लो जातका लगीमानी मानिन्छन्।
उनीहरुले आफ्नाे लगीका धेरै काममा सघाउनुपर्ने हुन्छ। यसरी सघाएवापत कतिले कमसल खेत, पाखाेबारी वा वर्षकाे अन्तिममा केही अन्न खालाेका रूपमा दिन्छन्।
कथित माथिल्लो जातका लगीकाे गर्नुपर्ने थुप्रै कामकाे सूचीमा पर्छ साउने संक्रान्तिकाे झराे(दियालाे)।
यसरी गणेश मात्रै हाेइन, उनी जस्तै लगीमानी मान्नेहरु आफ्ना लगीकाे घरमा झराे पुर्याउन गइरहेकाे दृश्य विगत तीन चारदिन यता देखिइरहेका छन्। जुन हिजाे अस्ति मात्र हाेइन वर्षाैंदेखि देखिएकाे दृश्य हाे।
देशमा बालिघरे प्रथा अन्त्य भैसके पनि गाउँघरमा अझै यस्ता केही संस्कार र संस्कृति बाँकि नै छन्। तथापि साउने संक्रान्ति एक ऐतिहासिक महत्त्व बाेकेकाे सांस्कृतिक पर्व हाे।
यसलाई किसानकाे जीवनसँग सम्बन्धित पर्वकाे रुपमा लिइन्छ। सामान्यत: असारमा किसानहरु लामाे समय हिलाेमा रहन्छन्। हिलाेबाट लुताे, ततानेलगायतका छालासम्बन्धी राेग लाग्ने सम्भावना बढी हुन्छ।
असार महिनाकाे काम सकिएपछि साउनमा फुर्सद हुन्छ। यही फुर्सदको पहिलाे दिनलाई साउने संक्रान्ति वा लुताे फाल्ने दिनकाे रुपमा मनाउने गरिन्छ।
जुम्लामा साउने संक्रान्तिमा जुम्लीहरुले प्रत्येक घरका छतमा राँकाे हाल्नुका तीनवटा मुख्या कारणहरु रहेकाे संस्कृति सम्बन्धीका जानकार रमानन्द आचार्य बताउँछन्।
उनका अनुसार तीन कारणमध्ये पहिलाे, हनुमानले लंका जलाएकाे दिनकाे स्मरण गर्नलाई हाे। दाेस्राे, लुताे, चिलाउने, आदि इत्यादि प्रदुषणजन्य राेगहरुकाे निवारणका लागि कण्डारककाे पुजा गर्न राँकाे हाल्ने धार्मिक विधान छ। जसले चर्म राेगहरु निकाे हुन्छन् भन्ने विश्वास भएकाे हुनाले नै राँकाे हाल्ने गरिन्छ भने तेस्राे, जुम्ला राज्यका संस्थापक राजा बलिराज दिल्लीमा भएको हिन्दु विराेधी मुसलमानहरुकाे विद्राेह जितेर आएपछि त्यसैकाे खुसियालीमा दिपावली स्वरुप राँकाे हाल्ने गरिएको जनश्रुति छ।
राँकाे घरकाे छतमा हालसकेपछि खाेला पारिका गाउँलेहरुलाई गाली गर्दै लुताे फाल्ने गरिन्छ। यसरी साउने संक्रान्तिकाे दिन गरिने गालीका शब्दहरु अपाच्य र सुन्न नमिल्ने, भद्दा वा व्यक्ति केन्द्रित नभई खाेलापारिका समग्र गाउँले केन्द्रित हुन्छन्।
जस्तै 'तुताे, पाब्डाे, खाइने खड्काउने लैजाउ ऐ पारिफाल्या ढाग्र्याै, फाटाे फेरुवा लैजाउ, नाैंलाे फेरुवा दिजाउ ऐ पारिपट्टीका ढाग्र्याै, आदि।' यस्ता गालीमा नराम्रो दिने र राम्राे ल्याउने कुरा हुन्छन्। लुताे फाल्नलाई राँकाे फाल्दै गाली गर्ने गरिन्छ।
जेठ, असारमा निरन्तर काममा खटिने छाेरीचेलीहरुलाई माइत बाेलाएर आराम गराउने र मिठाे मसिनाे खुवाउने गरिन्छ। त्यस्तै पछिल्लो समयमा साउनमा हरियाे चुरा र मेहेन्दी लगाउने चलन पनि बढ्दै गएकाे छ।