सिटीको जित, बर्नेमाउथ रेलिगेसन क्षेत्र नजिक

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा दाेस्राे स्थानमा रहेकाे म्यानचेस्टर सिटीले बर्नेमाउथलाई पराजित गरेकाे छ।

घरेलु मैदानमा सिटीले बर्नेमाउथलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

इत्तेहाद स्टेडियममा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र ग्राबियल जिससले एक/एक गोल गरे।

बर्नेमाउथका डेभिड ब्रुक्सले एक गोल फर्काए।

खेलको छैटौं मिनेटमा सिल्भाले फ्रिकिकबाट गोल गर्दै सिटीलाई अग्रता दिलाए। ३९ औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमा सिटीले पहिलाे हाफ २-० काे अग्रता बनाएकाे थियाे।

त्यसपछि खेलको ८८ औं मिनेटमा बर्नेमाउथका डेभिडले एक गोल फर्काएपनि सिटी २-१ ले विजयी भयो।

जितसँगै सिटीले ३६ खेलमा ७५ अंक जोडेको छ। शीर्ष स्थानको लिभरपुलको ९३ अंक रहेको छ। सिटी लिभरपुल भन्दा १८ अंकले पछि रहेको छ।

३१ अंक जोडेर बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ। यो हारसँगै बर्नेमाउथको रेलिगेसन सम्भावना बढेर गएको छ।

प्रकाशित मिति: : 2020-07-16 05:35:59

प्रतिकृया दिनुहोस्