पसालिकको ह्याट्रिकमा ब्रेसियामाथि एटलान्टाकाे प्रभावशाली जित

सिरि ए फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा एटलान्टाले ब्रेसियामाथि ६–२ को प्रभावशाली जित निकालेकाे छ।

पाहुना टोली ब्रेसियाविरुद्ध एटलान्टाका पसालिकले ह्याट्रिक हाने भने मार्टन डी रुन, रुस्लान मालिनोवस्की र डुवन जपताले एक एक गाेल गरे।

यता ब्रेसियाका लागि अर्नेस्टो टोरेग्रोसा र निकोलस स्पेलक्सले एक एक गाेल फर्काएपनि त्याे प्रयाप्त हुन सकेन।

खेलकाे दाेस्राे मिनेटमै पसालिकले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर ८ औँ मिनेटमा पाहुना टोली ब्रेसियाका टोरेग्रोसाले खेल बराबरीमा ल्याए।

२५ औं मिनेटमा मार्टन डी रुनले पुन: एटलान्टालाई २–१ को अग्रता दिलाए। खेलकाे २८ औँ मिनेटमा मालिनोवस्कीले थप एक गोल गरे भने त्यसकाे दुई मिनेटमै जापताले एक गाेल थप्दै खेल ४–१ मा पुर्‍याए। 

पहिलाे हाफ ४– १ काे अग्रता बनाएकाे एटलान्टाले दाेस्राे हाफमा लगातार थप २ गाेल थप्याे भने एक गाेल खाएकाे थियाे।

एटलान्टाका लागि पसालिकले ५५ र ५८ ‍‍औँ मिनेटमा गाेल गर्दै ह्याट्रिक पुरा गरे। यता खेल सकिन ७ मिनेट बाँकी रहदाँ स्पेलक्सले पाहुना टोलीकालागि दोस्रो गोल फर्काएकाउँदै खेल ६–२ मा टुङ्गाए।

याे जितसँगै एटलान्टा लिगको दोस्रो स्थानमा उक्लिएको छ।  लिगको दोस्रो स्थानमा उक्लिएको एटलान्टाले ७० अंक जोडेको छ।

एटलान्टाले शीर्ष स्थानको युभेन्ट्ससँगको दुरी ६ अंकमा झारेको छ।

उसले तेस्रो स्थानको ईन्टर मिलान र चौथो स्थानको लाजियोसँग २ अंकको अग्रता लिएको छ।
 

प्रकाशित मिति: : 2020-07-15 06:00:39

प्रतिकृया दिनुहोस्