उद्धार उडानको लागि हिमालय एयरलाइन्सको नयाँ उडान तालिका

विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारको लागि हिमालय एयरलाइन्सले नयाँ उडान तालिका सार्वजनिक गरेको छ। हिमालयले तेस्रो चरणको उद्धार उडानको तालिका ल्याएको हो।

असार ३१ गतेदेखि लागू हुने उक्त उडान तालिका साउन ६ गतेसम्मको लागि हो। यस अवधिमा हिमालय एयरलाइन्सले १५ अन्तर्राष्ट्रिय उडान गर्ने छ।

युएई, साउदी अरेबिया, बहराइन, कतार र मलेसियामा उडान गर्ने गरी उडान तालिका सार्वजनिक गरेको हो।

हिमालयले युएईको अबुधाबीका लागि तीनवटा उडान गर्ने भएको छ। त्यसैगरी, साउदी अरेबियाबाट पाँच, बहराइनबाट एक, कतारको दोहाबाट तीन तथा मलेसियाको क्वालालम्पुरबाट चार वटा उद्धार उडान गर्न लागेको जनाएको छ।

उद्धार उडानका लागि ८५ प्रतिशत सिटको टिकट किक्री भएको हुनुपर्ने र स्वास्थ्य सुरक्षाको लागि कोभिड–१९ सम्बन्धी तयार गरेको निर्देशिका पालना गरेर उद्धार उडान सञ्चालन गरिने एयरलाइन्सले बताएको छ।

 

 

प्रकाशित मिति: : 2020-07-14 17:30:34

प्रतिकृया दिनुहोस्