'कवाडीवाली' आयुषी भन्छिन्- व्यवसाय सय मिटरको दौड होइन, म्याराथन हो

सेतोपाटी

काठमाडौं

'खालीसिसी डटकम' सञ्चालक आयुषी केसीलाई कोरोना लकडाउनमा पनि ग्राहक पाउन गाह्रो छैन। मानिसहरू घरमै सीमित भए पनि फोहोर उत्सर्जन कम हुँदैन। सुरक्षाका कारण फोहोर संकलन र व्यवस्थापनमा बाधा भने भइरहेको छ।

'मान्छे हुँदासम्म फोहोर उत्सर्जन भइरहन्छ। यो कुरा ट्राफिक व्यवस्थापकलाई बुझाउन गाह्रो भइरहेको छ,' आयुषी भन्छिन्, 'कवाड बोकेर गन्तव्य पुग्नुपर्ने सवारीहरू बारम्बार रोकिएका छन्। यसले एकातिर फोहोर व्यवस्थापनमा समस्या ल्याएको छ, अर्कोतिर कम्पनी सञ्चालनमा।'

महामारीसँगै अधिकांश मजदुरी गर्नेहरू आ–आफ्ना घर फर्केका थिए। सडकमा पनि कवाडी संकलक विरलै भेटिन्छन्। खालिसिसीसँग आबद्ध संकलकलाई पनि कम्पनीले सुरक्षित आ-आफ्ना घर पुर्‍याउन पहल गरेको उनले बताइन्।

'महामारीमा काम लगाउनुभन्दा सुरक्षित राख्न पहल गर्‍यौं। जिल्लाका सिडिओ, प्रहरीसँग कुराकानी गरेर सवारी व्यवस्था गरी जान चाहनेलाई घर पठायौं। कतिपय भारतीयलाई बोर्डर पास पनि गरायौं,' उनले भनिन्, 'तीन महिना बसेपछि जीवनयापनमा समस्या महशुस भएछ। फेरि काठमाडौं फर्किन थाल्नुभएको छ।'

प्रकाशित मिति: : 2020-07-14 08:04:51

प्रतिकृया दिनुहोस्