पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा एक/एकका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

नयाँ मूल्यानुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ८८ मा बिक्री हुनेछ।

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ । वृद्धि भएको मूल्य हिजाे राति १२ बजेदेखि लागू भएकाे  निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-11 06:18:44

प्रतिकृया दिनुहोस्