सिभिल मलका व्यापारी आन्दोलनमा, ५० प्रतिशत भाडा छुट अमान्य, पूरै छुट गर्न माग (भिडियाे)

सिभिल मलका व्यापारी मल सञ्चालकविरुद्ध आन्दोलनमा उत्रिएका छन्। त्यहाँका व्यापारी लकडाउन अवधिको पूरै भाडा छुट गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन्।

मलले व्यापारीहरूलाई लकडाउन अवधिको ५० प्रतिशत भाडा छुट दिने निर्णय गरेको छ। उसले भाडा बुझाउने म्याद असार २५ गतेसम्म तोकेको थियो। तोकिएको समयमा भाडा नबुझाउनेलाई मलले अतिरिक्त २५ प्रतिशत भाडा तिर्नुपर्ने भनेको छ।

लकडाउन खुकुलो भए पनि व्यापार नभएकाले भाडा तिर्न नसक्ने सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले बताए। उनले लकडाउन अवधिको भाडा पूर्ण छुट दिएर एक वर्षसम्मको लागि प्याकेज घोषणा गर्नुपर्ने बताए।

लकडाउन खुकुलो भएपछि पसल खोले पनि व्यापार नभएको अवस्थामा भाडा तिर्न नसक्ने उनीहरुको भनाई छ। 

प्रकाशित मिति: : 2020-07-10 16:54:07

प्रतिकृया दिनुहोस्