जुम्लामा २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा काेराेना संक्रमण

जुम्लामा २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीवार प्रतिष्ठानमा गरिएको पीसीआर परिक्षणमा २५ जना थपिएका हुन। 

संक्रमण पुष्टि हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २ जना स्वास्थ्यकर्मी, प्रतिष्ठानमा भर्ना भएर उपचार गराइरहेका १ जना बिरामी तथा कोरोना परिक्षणका लागि आएका अन्य २२ जना रहेका छन्। संक्रमित सबैलाई प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ।

बुधबार बिहान प्रतिष्ठानमा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानमा कार्यरत सम्पुर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो।

संक्रमितसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको प्रतिष्ठानले जनाएको छ। संक्रमित सबै स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रकाशित मिति: : 2020-06-26 09:50:07

प्रतिकृया दिनुहोस्