शनिबार, १२ जुलाई २०२५

काभ्रेकाे राेशीमा बुद्धचित्त लुटपाट गर्ने क्रममा चल्यो गोली, ५ जना घाइते

बिएल संवाददाता

बिएल संवाददाता

काभ्रे
2020-06-26 09:05:27
News Image
• • •

काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी रवि पौडेलका अनुसार रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो।

गोली चल्दा पाँच जना घाइते भएका छन्। उनीहरुकाे धुलिखेल अस्पतालमा उपचार हुँदैछ।

मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको प्रहरले बताएको छ। थप विवरण आउन बाँकी।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?